२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

आइएमई पे  नेपाल सुपर लिग २०२३ को आधिकारिक टिकेटिङ पार्टनरको रूपमा रहने



काठमाडौ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेू र नेपाल स्पोटर्स एण्ड इभेन्ट म्यानेजमेन्ट (NSEM) बिच भएको रणनीतिक साझेदारी सम्झौता अन्तर्गत यही नोभेम्बर २४ देखी हुने बहुप्रतिक्षित नेपाल सुपर लिग २०२३ को लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आइएमई पे रहने भएको छ ।

नेपाल सुपर लिग  नेपालको प्रमुख खेलहरू मध्ये एक हो जसमा बहुसंख्यक खेल प्रेमिहरुको चासो रहेको छ । जसमा डिजिटल भुक्तानी र टिकट सेवाहरूमा आइएमई पेको आबद्धताले फ्यानहरूलाई आगामी सिजनको टिकट खरिद गर्न सहज र झन्झटमुक्त बनाउने आइएमई पे को विश्वास रहेको छ ।

यस्तै, नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताएका छन्।  नेपाली फुटबल विकासमा NSEM सँग सहकार्य गर्ने मौका दिएकोमा NSEM लाई धन्यवाद दिन चाहन्छु, र ’आइएमई पे’ को डिजिटल वित्तीय समावेशिताको महाअभियानलाई खेल तथा खेलाडीसँग जोड्दा झनै प्रभावकारी रूपमा लागु गर्न सकिने भएकोले यस साझेदारीप्रति अत्यन्तै उत्साहित रहेको पनि प्रमुख कार्यकारी रेग्मीले बताएका छन् ।

नेपाल सुपर लिग २०२३ रोमाञ्चक फुटबल गतिविधि र मनोरञ्जनका साथ एक विद्युतीय सिजन हुने प्रतिज्ञा गरिएको छ। NSEM र आइएमई पे बिचको यो साझेदारी ले लिगको बृद्धि र पहुँचमा योगदान पुर्‍याउने छ, जसले फ्यानहरूलाई आफ्नो मनपर्ने टोली र खेलाडीहरूलाई समर्थन गर्न सजिलो बनाउँछ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ६ : ३७ बजे

लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११

गगन थापालाई गोपालमान श्रेष्ठको सुझाव – “राजीनामाले पार्टी र देशलाई हित गर्दैन”

काठमाडौं । नेपाली कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठले गगन थापालाई

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव

शुक्ला-लालझाडी-जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको

सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)