१३ पुस २०८२, आइतबार | December 29, 2025

आजको मौसम : लुम्बिनी प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना



काठमाडौं । पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहँदा देशका केही भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । लुम्बिनी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ । बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ६ : ४८ बजे

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत, माघको पहिलो साताबाट कार्यान्वयनमा आउने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लाई स्वीकृत गरेको

जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

एमाले सचिवालय बैठक : समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न फागुन २१

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र