२२ माघ २०८२, बिहिबार | February 5, 2026

भेरी अस्पतालमा नक्कली भूकम्प पीडित बनेर सेवा लिने भेटिए



नेपालगन्ज । सरकारले भूकम्पबाट घाइते भएकाहरुलाई निशुल्क उपचार गर्ने घोषणा गरेसँगै भेरी अस्पताल नेपालगन्जमा नक्कली पीडित बनेर सेवा लिनेहरु फेला परेका छन् । भूकम्प प्रभावित क्षेत्र ठेगाना भएका अन्यले पनि भूकप्प पीडित लेखाएर भेरी अस्पतालबाट निशुल्क उपचार सेवा लिनेहरु फेला परेको हो ।

राहत पाइने र निशुल्क उपचार हुने सुनेपछि भारतबाट आफ्नो घर जाजरकोट जान लागेका एकजनाले बिरामीको झुठो विवरण दिई भेरी अस्पताल, इमेर्जेन्सी कक्षबाट सबै निशुल्क जाँच गराइ भुकम्पमा परेको भन्दै भुकम्प उपचार कक्षमा सुतेको अबस्थामा फेला परेको जिल्ला आपतकालीन कार्यसन्चालन केन्द्र, बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

छेडागाड-१२, कार्कीगाउँ, जाजरकोट घर ठेगाना लेखाएर ७२ वर्षीय तुलसिङ ठकररीले त्यस्तो सेवा लिन खोजेको श्रेष्ठले बताए । जेष्ठ नागरिक भएकाले उनको उपचारमा कुनै कमी हुन नदिइएको बताउँदै उनले नक्कली पीडित बनेर आउने सम्भाना प्रति सजक बनाइएको बताए । बिहिबार नै जाजरकोट ठेगाना टिपाएर भूकम्प पीडित भन्दै प्रसुती हुन आएकी महिला पनि फेला परेको जनाइएको छ ।

भेरी अस्पतालमा उपचाररत भूकम्पबाट घाइते भएकालाई निशुल्क उपचार सहित घर फर्किदा महिनादिन पुग्ने खाद्य सामाग्री र कम्मल,त्रिपाल उपलब्ध गराएर पठाइएको खबर सार्वजनिक भएसँगै नक्कली पीडित बनेर सेवा लिन खोज्नेहरु फेला परेका हुन् । शुक्रबार मात्र उपचार पछि डिस्चार्ज भएका १३ जनालाई उपचार पछि घर फर्किने क्रममा राहत सामाग्र सहित यातायतको समेत ब्यवस्था गरि जिल्ला आपतकालीन कार्यसन्चालन केन्द्रले घरसम्म पुर्याउने ब्यवस्था गरेको थियो । भेरी अस्पतालमा उपचाररत घाइतेहरुलाई र उनका कुरुवाहरुलाई समेत निशुल्क, खाना निशुल्क,खाजा पानीको ब्यवस्था गरिँदै आएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ८ : ३४ बजे

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा

बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं