१३ पुस २०८२, आइतबार | December 29, 2025

राहत सामग्रीसहित उपप्रधानमन्त्री खड्का रुकुम पश्चिममा



काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित क्षेत्रका सबै पीडितलाई राहत सामग्री उपलब्ध गराउने काम भइरहेको बताएका छन् ।

भूकम्पपीडित परिवारका लागि राहत लिएर आज रुकुम पश्चिम पुगेका उपप्रधानमन्त्री खड्काले भूकम्प प्रभावितले समयमै राहत नपाएको विषयमा सरकार गम्भीर भएको उल्लेख गर्दै आइतबारसम्म सबै पीडितलाई राहत सामग्री पु-याउने बताए। करिब एक हजार दुई सय परिवारलाई पुग्ने त्रिपाल लिएर उनी आज प्रभावित क्षेत्रमा पुगेका हुन् ।

उपप्रधानमन्त्री खड्काले रूकुम पश्चिम पु-याएको त्रिपालमध्ये जाजरकोटको भेरी नगरपालिका, रूकुम पश्चिमको चौरजहारी नगरपालिका र मुसिकोट नगरपालिकामा पाँच÷पाँच सय तथा सल्यानको बाँफीकोट गाउँपालिकामा दुई सय ९२ र सल्यानकै त्रिवेणी गाउँपालिकामा पाँच सय वटा वितरण गरिनेछ ।

यही कात्तिक १७ गते जाजरकोट केन्द्र भई भूकम्प गए यता उपप्रधानमन्त्री खड्का भूकम्प प्रभावितको उद्धार र राहतमा सक्रिय छन्। स्थानीय तह र प्रशासन र प्रदेश सरकारसँग समन्वय गर्दै राहत अपुग स्थानमा क्षेत्रमा स्थल र हवाईमार्गमार्फत उहाँ राहत वितरण कार्यमा केन्द्रित छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  १ : ३२ बजे

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत, माघको पहिलो साताबाट कार्यान्वयनमा आउने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लाई स्वीकृत गरेको

जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

एमाले सचिवालय बैठक : समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न फागुन २१

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र