२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पाकिस्तानमाथि ईङल्याण्डको ९३ रनको जित



काठमाडौं । ईङल्याण्डले पाकिस्तानलाई पराजित गरेको छ । जारी विश्वकप क्रिकेटको लिग चरणको खेलको अन्तिम खेलमा ईङल्याण्डले पाकिस्तानलाई ९३ रनले पराजति गरेको हो ।

ईङल्याण्डले दिएको ३३८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४३.३ ओभरमा अल आउट हुदै २४४ रन मात्र बनाएको थियो । यसअघि ईङल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउदै ३३७ रन बनाएको थियो ।

योसँगै पाकिस्तान विश्वकपबाट बाहिरिएको छ । पाकिस्तानले यस विश्वकपका ९ खेलमा ४ जित र ५ हार बेहोरेको छ र अंक तालिकामा पाँचौं स्थानमा रहदै विश्वकपको यात्रा टुंगिएको छ ।

त्यस्तै ईङल्याण्डले यस विश्वकपमा ९ खेलमा ३ जित र ६ हारसहित ६ अंक बटुलेर सातौं स्थानमा रहदै विश्वकप सकेको छ । ईङल्याण्ड सेमिफाइनलमा पुग्न नसकेपनि २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा भने आफ्नो स्थान सुरक्षित गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ७ : १९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले