२८ माघ २०८२, बुधबार | February 11, 2026

बुटवलको योगिकुटीमा अवस्थित देवस्थल मन्दिरमा मूल घण्ट प्रतिष्ठापन



बुटवल । बुटवल-११ योगिकुटीमा अवस्थित देवस्थल मन्दिर परिसरमा आइतबार विशेष पूजासहित मूल घण्ट प्रतिष्ठापन गरिएको छ । स्वर्गीय हवल्दार चन्द्रवीर खाम्चा र नम्रता खाम्चाको स्मृतिमा उनका परिवारले अष्टधातुद्वारा निर्मित ४ लाख ५० हजारको मूल घण्ट मन्दिरलाई सौजन्य गरेको हो ।

बुटवलका युवा व्यवसायी तथा समाजसेवी गोपाल रानाले मूल घण्टको प्रतिष्ठापनपछि बोल्दै योगीहरुको कुटीको रुपमा रहेको देवस्थल मन्दिरलाई चिनिँदै आएकाले संरक्षणमा सबैले पहल गर्नु पर्ने बताए । मन्दिरलाई थप आधुनिकीकरण गरि धार्मिक पर्यटकहरु पनि आएर बस्न मिल्ने गरि मन्दिरको बिकास गर्नु पर्नेमा उनले जोड दिए । मन्दिर व्यवस्थापनका लागि आवश्यक आर्थिक सहयोग संकलन तथा सहकार्यका लागि आफू सधै तयार रहेको उनले बताए ।

मन्दिरका मुख्य पुजारी कुस्माखर न्यौपानेसहितका पूजारीहरुले स्वस्ती बाचन गरि पूजा आरधनासहित घण्ट प्रतिष्ठापन गरिएको थियो । स्वर्गीय खाम्चा दम्पत्तीका बुटवल-११ निवासी टोल बहादुर खाम्चा, होमबहादुर खाम्चा, स्वर्गीय तारा बहादुर खाम्चा, भिमबहादुर खाम्चा र जँगबहादुर खाम्चाको परिवारसहित छोरीहरु स्वर्गीय गौमाया थापा, बसन्ती थापा, प्रेम कुमारी आले, तिलकुमारी आले र फूलकुमारी पुनको परिवारले माता पिताको स्मरणमा मन्दिरलाई घण्ट दान समर्पण गरेका हुन ।

यसैगरि नातीहरु मनिप खाम्चा, कपिल खाम्चा र उज्वल खाम्चाको समेत उपस्थिति रहेको थियो । वि.स. २०१७ सालअघिदेखि पूजाआजा गरिँदै आएको देविस्थल मन्दिरमा हरेक वर्षको नवरात्रमा विभिन्न विधिपूर्वक पूजाआजा गरिनुका साथै हरेक दिन पूजारीबाट आराधनाको काम हुँदै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक गुरुङले बताए ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष भक्तबहादुर कार्की, सल्लाहकार महेन्द्र थापा लगायतले शुभकामना व्यक्त गरेका थिए । मन्दिर बिकास समितिका वरिष्ठ उपाध्यक्ष पुष्पा शर्माको स्वागत तथा सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ११ : ४३ बजे

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी

अख्तियारमा स्थानीयतहमा भएको भ्रष्टाचार विरुद्ध उजुरीको चाङ

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले