२० बैशाख २०८१, बिहिबार | May 2, 2024

बुटवलको योगिकुटीमा अवस्थित देवस्थल मन्दिरमा मूल घण्ट प्रतिष्ठापन



बुटवल । बुटवल-११ योगिकुटीमा अवस्थित देवस्थल मन्दिर परिसरमा आइतबार विशेष पूजासहित मूल घण्ट प्रतिष्ठापन गरिएको छ । स्वर्गीय हवल्दार चन्द्रवीर खाम्चा र नम्रता खाम्चाको स्मृतिमा उनका परिवारले अष्टधातुद्वारा निर्मित ४ लाख ५० हजारको मूल घण्ट मन्दिरलाई सौजन्य गरेको हो ।

बुटवलका युवा व्यवसायी तथा समाजसेवी गोपाल रानाले मूल घण्टको प्रतिष्ठापनपछि बोल्दै योगीहरुको कुटीको रुपमा रहेको देवस्थल मन्दिरलाई चिनिँदै आएकाले संरक्षणमा सबैले पहल गर्नु पर्ने बताए । मन्दिरलाई थप आधुनिकीकरण गरि धार्मिक पर्यटकहरु पनि आएर बस्न मिल्ने गरि मन्दिरको बिकास गर्नु पर्नेमा उनले जोड दिए । मन्दिर व्यवस्थापनका लागि आवश्यक आर्थिक सहयोग संकलन तथा सहकार्यका लागि आफू सधै तयार रहेको उनले बताए ।

मन्दिरका मुख्य पुजारी कुस्माखर न्यौपानेसहितका पूजारीहरुले स्वस्ती बाचन गरि पूजा आरधनासहित घण्ट प्रतिष्ठापन गरिएको थियो । स्वर्गीय खाम्चा दम्पत्तीका बुटवल-११ निवासी टोल बहादुर खाम्चा, होमबहादुर खाम्चा, स्वर्गीय तारा बहादुर खाम्चा, भिमबहादुर खाम्चा र जँगबहादुर खाम्चाको परिवारसहित छोरीहरु स्वर्गीय गौमाया थापा, बसन्ती थापा, प्रेम कुमारी आले, तिलकुमारी आले र फूलकुमारी पुनको परिवारले माता पिताको स्मरणमा मन्दिरलाई घण्ट दान समर्पण गरेका हुन ।

यसैगरि नातीहरु मनिप खाम्चा, कपिल खाम्चा र उज्वल खाम्चाको समेत उपस्थिति रहेको थियो । वि.स. २०१७ सालअघिदेखि पूजाआजा गरिँदै आएको देविस्थल मन्दिरमा हरेक वर्षको नवरात्रमा विभिन्न विधिपूर्वक पूजाआजा गरिनुका साथै हरेक दिन पूजारीबाट आराधनाको काम हुँदै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक गुरुङले बताए ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष भक्तबहादुर कार्की, सल्लाहकार महेन्द्र थापा लगायतले शुभकामना व्यक्त गरेका थिए । मन्दिर बिकास समितिका वरिष्ठ उपाध्यक्ष पुष्पा शर्माको स्वागत तथा सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ११ : ४३ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य