२८ माघ २०८२, बुधबार | February 11, 2026

कोरियाली राजदुत सामसुङ एसेम्बल प्लान्ट अवलाेकन गर्न लुम्बिनीमा



भैरहवा । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत टाई योङ पार्कले कोरियाली उत्पादन सामसुङको एसेम्बल प्लाण्ट बन्दै गरेको कोरियाली कम्पनी हुण्डाई एसेम्बल प्लाण्ट, बेलहिया सिमा नाका र बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन गरेका छन् ।

दुइ दिने भ्रमणमा रूपन्देही आएका उनले नवलपरासीको रामग्राक नगरपालिका स्थित गोल्छा अर्गनाईजेशन अन्तर्गतका कोरियाली कम्पनी सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको अवलोकन गरेका हुन् । उनले निकट भविष्यमा सञ्चालनमा आउन लागेको हुण्डाई एसेम्बल प्लाण्टको समेत अवलोकन गरेका छन् । कोरियाली कम्पनी सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको अवलोकन पश्चात उनले कोरियाली कम्पनीले नेपालमा पनि रोजगारी श्रृजना गर्न सकेकोमा खुशी ब्यक्त गरे ।

कोरियाकै ठूलो ब्यापारीक प्रतिष्ठान मध्येको एक सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको कारण यस क्षेत्रमा राजगारीको अवसर श्रृजना भई सरकार–सरकार तथा ब्यवसायीक प्रतिष्ठान बिच पनि सम्बन्ध बिस्तार भएको गोल्छा ग्रुपका उपाध्यक्ष प्रभाकर थापाले बताए ।

यस सँगै राजदूत पार्कले सोही प्राङण मै रहेको बजाज मोटरसाईकलको एसेम्बल प्लाण्ट र २ मेगावाटको सौर्य उर्जाको पनि अवलोकन गरेका थिए । सो पश्चात प्लाण्ट परिसरमा बृक्षारोपण समेत गरेका छन् ।

राजदूत पार्कले नवलपरासी मै निर्माणाधिन अवस्थामा रहेको लक्ष्मी मोटर कर्पोरेशन प्राली अन्तर्गतको हुण्डाई कार एसेम्बल कारखानाको पनि अवलोकन गरेका थिए । लक्ष्मी मोटर कर्पोरेशनका कार्यकारी निर्देशक निराकर श्रेष्ठले राजदूत पार्कलाई कोरियाली कार कम्पनी हुण्डाईको बारे जानकारी गराएका थिए ।

अवलोकनको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, पार्ककी श्रीमती, नेपालका लागि गणतन्त्र कोरिया दूतावासका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

यस्तै पहिलो दिन नै राजदुतले नेपाल भारत सिमा नाका बेलहियाको पनि अवलोकन गरेका छन । परिवारसहित आएका उनले सिमाको अवस्था र पुर्वाधारहरुको अवलोकन गरे । रुपन्देही आएको दोस्रो दिन राजदूत पार्कले बुद्ध जन्मस्थल मायादेवी मन्दिर र लुम्बिनीको अवलोकन गरी काठमाण्डौ फर्किएका छन् । राजदुत पार्कसहित श्रीमती यूनही चोङ, राजदूतावासका काउन्सिलर काङ, आर्थिक तथा विकास बिशेषज्ञ च्याङ हानले लुम्बिनी भ्रमण गरेका हुन् ।

राजदुत पार्कलाई लुम्बिनी विकास कोषका तर्फबाट चन्द्रप्रकाश पाठकले स्वागत गर्दै बिफ्रिङ गरेका थिए । राजदुत पार्कले मायादेवी मन्दिर, पुष्करणी पोखरी, अशोक पिल्लर सहित कोरियन, थाई, म्यानमार, कम्बोडियन मन्दिरको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ४ : ४४ बजे

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी

अख्तियारमा स्थानीयतहमा भएको भ्रष्टाचार विरुद्ध उजुरीको चाङ

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले