१ भदौ २०८३, सोमबार | August 18, 2026

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने



बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोली रुपन्देहीको भैरहवामा पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् । विभिन्न जिल्लामा पार्टीका उम्मेद्वार सहित पार्टीका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा बुधबार रुपन्देहीमा कार्यक्रम तय गरिएको हो ।

बिहान ११ बजे भैरहवास्थित युनिक बैंक्वेटमा जिल्ला स्तरिय कार्यकर्ता भेला आयोजना हुने जनाइएको छ । उक्त कार्यक्रममा उम्मेदवार सहित पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, लुम्बिनी प्रदेशका पदाधिकारी तथा सदस्यहरू, क्षेत्रीय समिति, पाँच वटै क्षेत्रीय सभापतिहरु, प्रदेशसभा ‘क’ र ‘ख’ समिति, पालिका तथा वडाका सभापतिहरुलाई अनिवार्य उपस्थित हुन नेपाली काँग्रेस रुपन्देही अनुरोध गरेको छ ।

आम निर्वाचनलाई लक्षित गर्दै पार्टीको रणनीति, संगठन सुदृढीकरण तथा आगामी कार्यदिशा सम्बन्धमा केन्द्रीय उपसभापति शर्माले मार्गदर्शन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए ।

कार्यक्रममा सबै नेता तथा कार्यकर्ताहरूलाई समयमै उपस्थित हुन आग्रह गरिएको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा आसन्न प्रतिनीधि सभा निर्वाचनमा नेपाली काँग्रेसले क्षेत्र नं. १ मा हिराबहादुर खत्री, क्षेत्र नं. २ मा चुन्नप्रसाद पौडेल, क्षेत्र नं. ३ मा सुशिल गुरुङ, क्षेत्र नं. ४ मा आशुतोष मिश्रा र क्षेत्र नं. ५ मा भरतकुमार शाहलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ९ : ४७ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार