२ पुस २०८२, बुधबार | December 17, 2025

श्रेयस ऐयर र केएल राहुलको शतकमा भारतले नेदरल्यान्ड्सलाई दियो ४ सय ११ रनको लक्ष्य



काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा भारतले नेदरल्यान्ड्सलाई ४ सय ११ रनको लक्ष्य दिएको छ । बेङ्ग्लोरमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४ सय १० रन बनाएको हो ।

भारतका श्रेयस ऐर १ सय २८ रनमा नटआउट रहे । केएल राहुलले १ सय २ रन बनाए । चौथो विकेटका लागि राहुल र ऐरले २ सय ८ रनको साझेदारी गरे । नेदरल्यान्ड्सका बास डी लिडले २ विकेट लिए । रोलेफ भान मर्वे र पल भान मार्केनले समान एकरएक विकेट लिए ।

भारत अपराजित रहँदै १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स चार अङ्कका साथ पुछारमा छ । विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण यसअघि नै पूरा भएको छ । घरेलु टोली भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्ड अन्तिम चारमा पुगेका छन् ।

पहिलो सेमिफाइनलको खेल नोभेम्बर १५ तारिखमा वाङखडेमा र दोस्रो सेमिफाइनलको खेल इडेन गार्डेन स्टेडियममा नोभेम्बर १६ तारिखमा हुनेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ६ : १८ बजे

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११