२८ माघ २०८२, बुधबार | February 11, 2026

नेदरल्याण्डमाथि भारत १६० रनले विजयी



काठमाडौं । भारतले नेदरल्याण्डसमाथि फराकिलो जित हासिल गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत लिग चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्डसलाई १६० रन अन्तरले पराजित गरेको हो ।

भारतले दिएको ४११ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४७।५ ओभरमा अल आउट हुदै २५० रन बनाएपछि खेल १६० रनले हरेको हो ।

यसअघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ४ विकेट गुमाएर ४१० रन बनाएको थियो । योसँगै भारत लिग चरणमा अपराजित हुदै सेमिफाइनल खेल्ने भएको छ । भारतको ९ खेलमा १८ अंक भएको छ ।

त्यस्तै नेदरल्याण्डस भने ९ खेलमा २ जित र ७ हारसहित ४ अंक हासिल गर्दै अंकतालिकामा पुछारमा रहदै विश्वकप समाप्त गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ८ : ०१ बजे

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी

अख्तियारमा स्थानीयतहमा भएको भ्रष्टाचार विरुद्ध उजुरीको चाङ

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय