२८ माघ २०८२, बुधबार | February 11, 2026

म्याग्दीको स्वाँतखोलामा तीन सय ४४ मिटर लामो पुल निर्माण


२७ कार्तिक २०८०, सोमबार  

156
Shares

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ को शिख स्थित स्वाँत खोलामा तीन सय ४४ मिटर लामो झोलुङ्गे पुुल निर्माण भएको छ ।

शिखको निरवाङ र किन्दु जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि ४५ मिनेटको यात्राअवधि २० मिनेटमा छोटिएको छ । अन्नपूर्ण गाउँपालिका–५ घिरवाङका बासिन्दा अर्जुन चोचाङ्गीले पुुल बनेपछि जङ्गल, भिर र खोल्साको घुमाउरो बाटो यात्रा गर्नुपर्ने बाध्यता हटेको र यात्रा अवधि पनि छोटिएको बताए ।

“किन्दुु, धोस्केखोरका बासिन्दालाई माध्यमिक विद्यालय र वडा कार्यालय रहेको शिख पुग्न स्वाँत खोलाको घुुमाउरो बाटो प्रयोग गर्दा ४५ मिनेट लाग्ने गरेको थियो”, उनले भने, “पुल बनेपछि २० यात्रा अवधि २० मिनेटमा छोटिएको छ ।”

पुलबाट शिख, किन्दु, धोस्केखोरीया, घिरवाङ र पाउद्वारका पाँच सयभन्दा बढी घरधुुरी लाभान्वित भएका अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजाले बताए । “सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले ३४४.८ मिटर लामो र एक सय ४० मिटर भन्दा अग्लो झोलुङ्गे पुल ठेक्कामार्फत करिब डेढ करोडको लागतमा निर्माण गरेको हो”, उनले भने, “गत वैशाखदेखि सुरु भएको पुल निर्माण कार्य सकिएपछि यसै महिनादेखि प्रयोगमा आएको हो ।”

पुल बनेपछि ज्येष्ठ नागरिक र बालबालिकालाई सहज भएको निरवाङका ८० वर्षीय कुुलबहादुर पुर्जाले बताए । “गाडीले निरवाङको छेउमा ल्याउने सामान किन्दुुका बासिन्दाले बोकेर गाउँमा लैजान्छन । गाडी चढ्न पनि पुुल तरेर यही आउँछन्”, उहाँले भन्नुुभयो, “पुुल हेर्न वरपरका गाउँबाट दैनिकजसो मानिस आइरहेका छन् ।”

शिखदेखि ढाडखर्क, खोपारा जाने र आउने पर्यटकलाई पनि आवतजावत गर्न सहज भएको छ । किन्दुु, धोस्केखोरका बासिन्दाले उत्पादन गरेको आलु, सिमी बजार पढाउन पुलले सजिलो बनाएको छ । यो अन्नपूूर्ण गाउँपालिकाको सबैभन्दा लामो पुल भएको वडा अध्यक्ष तिलिजाले बताए ।

म्याग्दीमा शिखको स्वाँतखोलासहित तीन सय मिटरभन्दा लामो चार वटा झोलुङ्गे पुल निर्माण भएका छन् । यसअघि रघुगङ्गा गाउँपालिका–१ बेग र बादुक जोड्ने बेगखोलामा ३६५ दशमलव ८० मिटर, मालिका गाउँपालिका–७ बिमवाङ र धौलागिरि गाउँपालिका–६ रिख जोड्ने तीन सय ५० मिटर र बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  १० : ५६ बजे

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी

अख्तियारमा स्थानीयतहमा भएको भ्रष्टाचार विरुद्ध उजुरीको चाङ

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय