४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालगन्जमा नेपाल संवत् ११४४ को स्वागत, र्याली र शुभकामना आदानप्रदान(फोटोफिचर)



नेपालगन्ज । नेपाली मौलिक संवत् नेपाल संवत ११४४ को अवसरमा नेपालगन्जमा शुभकामना आदानप्रदान सहित मोटरसाईकल र्याली निकालिएको छ । बाँकेका क्रियाशिल नेवाः खल, पुच र नेवाः गुठीहरुको संयुक्त आयोजनामा नेपालगन्जमा शुभकामना आदानप्रदान र मोटरसाइकल र्याली निकालिएको हो ।

स्थानीय गणेशमानचोकबाट सुरु भएको र्याली नेपालगन्जको बिभिन्न चोकहरु सहित प्रसिद्ध बागेश्वरी मन्दिर परिक्रमा पछि भृकुटीनगरमा पुगेर समापन भएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले उदघाटन गरेर सुरु भएको र्याली नेवाः पुच बाँकेका संस्थापक अध्यक्ष बद्रि प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा समापन भएको थियो ।

र्यालीमा बाँकेबाट प्रतिनिधित्व गर्ने संघ तथा प्रदेश सांसदहरु, प्रशासन र प्रहरी प्रमुख सहित नेवाः समुदायबाट उल्लेख्य उपस्थिती रहेको थियो । नेपालगन्जको नगर परिक्रमामा क्रममा टोलटोलमा स्थानीइले र्यालीको स्वागत गरेको रुट ब्यवस्थापन संयोजक दिपेन्द्र कुमार जोशीले बताए ।

नेवाः पुच बाँकेका अध्यक्ष जितेन्द्र जोशीको अध्यक्षतामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल संवत् नेवाः समुदायको मात्र नयाँ वर्ष नभएर सम्पूर्ण नेपालीहरुको भएको बताए । उनीहरुले नेपालीहरुले गौरव गर्ने एकमात्र पर्व नै नेपाल संवत् भएको दाबी गरे ।


फोटो सौजन्य : रुपक श्रेष्ठ

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ३ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको