१७ असार २०८३, बुधबार | July 2, 2026

सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउँदै भारत १२ वर्षपछि फाइनलमा प्रवेश



काठमाडौं । १२ वर्षपछि भारत आईlससी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा न्यूजिल्याण्डलाई ७० रनले हराउँदै भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनल पुगेको हो ।

सन् २०११ यता भारतले विश्वकपको फाइनलमा स्थान बनाउन सकेको थिएन । भारतले उपाधिका लागि आगामी आइतबार अस्ट्रेलिया वा दक्षिण अफ्रिकामध्ये एक टिमसँग खेल्नेछ ।

मुम्बईको वानखडे रंगशालामा भारतले दिएको ३९८ रनको विजयी लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ४८.५ ओभरमा ३२७ रनमा अलआउट भयो ।

न्युजिल्यान्डका लागि ड्यारल मिचेलले सर्वाधिक १३४ रन बनाए । ११९ बल सामना गरेका मिचेलले ९ चौका र ७ छक्का प्रहार गरे । कप्तान केन विलियम्सनले ६९ रन जोडे । ७३ बल सामना गरेका विलियम्सन ७ चौकार १ छक्का प्रहार गरे। केन र मिचेलले तेस्रो विकेटका लागि १ सय ८१ रनको साझेदारी गरेका थिए । भारतका मोहम्मद सामी ७ विकेट लिए । ९.५ ओभर बलिङ गरेका उनले ५७ रन खर्चिए । जसप्रित बुमराह, कुलदीप यादव र मोहम्मद शिराजले १-१ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा ३९७ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले कीर्तिमानी ब्याटिङ गर्दै ११७ रन बनाए । न्यूजिल्याण्डविरुद्धको खेलमा विराटले एकदिवसीय क्रिकेटमा ५०औं शतक पुरा गरेका हुन् ।

यसअघि सचिन तेन्दुल्करको नाममा रहेको ४९ एकदिवसीय शतकको कीर्तिमान बराबरी गरेका कोहलीले बुधबार एकदिवसीय खेलमा सर्वाधिक शतकको नयाँ कीर्तिमान बनाएका हुन् ।

भारतका श्रेयस अय्यरले पनि शतक प्रहार गरे। उनले ७० बलमा ४ चौका र ८ छक्काको मद्दतमा १०५ रन जोडे । ओपनर तथा कप्तान रोहित शर्माले ४७ रन जोडे । अर्का ओपनर शुभमन गिल ८० रन र केएल राहुल ३९ रनमा नटआउट रहे । भारतविरुद्धको बलिङमा न्यूजिल्याण्डका टिम साउथीले ३ विकेट लिए ।

विश्वकप क्रिकेटको दोस्रो फाइनल बिहीबार हुँदैछ । बिहीबार अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ८ : ०९ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)