२४ बैशाख २०८१, सोमबार | May 6, 2024

२४ घण्टाभित्र सम्बन्धित दरबन्दीमा रवाना हुन प्रहरी प्रधान कार्यालयको उर्दी 



काठमाडौं । प्रहरी प्रधान कार्यालयले विभिन्न दर्जाका कर्मचारीहरुलाई २४ घण्टाभित्र सम्बन्धित् दरबन्दीमा रवाना हुन निर्देशन दिएको छ ।

नेपाल प्रहरीले तोकिएको स्थानमा पदस्थापन वा सरुवा भएका विभिन्न दर्जाका कर्मचारीहरुलाई २४ घण्टाभित्र सम्बन्धित् दरबन्दीमा रवाना नभए कारबाही गर्ने चेतवानी दिइएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले सबै विभाग, ब्यूरो, निर्देशनालय, महाशाखा, शाखाहरु, सबै प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालयलाई २४ घण्टाभित्र सम्बन्धित दरबन्दीमा रवाना हुन पत्राचार गरेको हो ।

रवाना गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई विभागीय आदेश निर्देशनको विपरीत कार्य गरेको आधार मानी प्रहरी नियमावली बमोजिम कारबाही हुने व्यहोरा निर्देशानुसार अनुरोधसमेत गरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ११ : ३९ बजे

काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ

सहुलियतपूर्ण सहायता बढाउन नेपालद्वारा विश्व समुदायलाई अपिल

काठमाडौं । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ