२ पुस २०८२, बुधबार | December 17, 2025

ब्राजिलमाथि अर्जेन्टिनाको जित, ओटामेन्डीले गरे गोल



काठमाडौं । अर्जेन्टिनाले ब्राजिलमाथि जित हासिल गरेको छ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा खेलको ६३ औं मिनेटमा निकोलस ओटामेन्डीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा खेलको ८१ औं मिनेटमा जोएलिनटनले रातो कार्ड पाएपछि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो ।

ब्राजिल विश्वकप छनौटको इतिहासमा घरेलु मैदानमा पराजित भएको यो पहिलो पटक हो । यो जितपछि विश्वकप छनौटमा अर्जेन्टिनाको ६ खेलमा १५ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ ।

ब्राजिलको भने विश्वकप छनौटमा यो तेस्रो हार हो । ६ खेलमा २ खेल जितेको ब्राजिलले एक बराबरी खेलेको छ र अंकतालिकामा छैटौं स्थानमा झरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ११ : १० बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व