४ पुस २०८२, शुक्रबार | December 19, 2025

सुशासन र समृद्धिका पक्षमा गृह मन्त्रालयले सार्थक पहल लिँदै छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा गृह मन्त्रालयले सार्थक पहल लिएको बताएका छन् ।

गृह प्रशासनको नीतिगत सुधारबारे सुझाव पेस गर्न गठित अध्ययन समिति र उपसमितिका संयोजक तथा सदस्यहरूसँग आज भएको भेटघाटमा उनले समितिबाट प्रशासन तथा सुरक्षा सुधारको आवश्यकता र प्राथमिकता किटेर सुझाव आउने अपेक्षा गरे । सुझावले सिंगो सरकारलाई नै प्राथमिकता निर्माणमा सहयोग पुर्याउने अपेक्षा रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायकाजी श्रेष्ठसहितको उक्त भेटघाटमा गृह प्रशासनलाई सबल तथा सक्षम बनाउन, जनताको सुरक्षाको निश्चितता गर्न र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुधारका क्षेत्र तथा कार्ययोजनाबारे छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले सरकार गठन हुनेबित्तिकैको संसद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारका प्राथमिकताको चर्चा गर्नुभएको र सोही उद्देश्य पूरा गर्न सुधारको पहल गरिएको जानकारी दिए ।

अध्ययन समितिका संयोजक पूर्वमुख्यसचिव लीलामणि पौडेलले एउटा समस्या सुधारेर अर्को समस्यामा हात हाल्नेभन्दा पनि हरेक समस्याको सुधारमा उत्तिकै केन्द्रित हुनुपर्ने बताए । उनले यसका लागि गृह मन्त्रालय र सबै मन्त्रालयले ध्यान दिनुपर्ने बताए ।

समिति र उपसमितिहरूमा प्रशासन सुधारका पक्षमा योगदान दिएका व्यक्तित्वहरू संयोजक र सदस्य रहेका छन् । उनीहरूले तलब, भत्ता नलिएरै स्वयंसेवकका रुपमा काम गर्ने बताएका छन् ।

‘अध्ययन वा सुझाव समितिप्रति मानिसमा गहिरो अविश्वास छ । तर हामी स्वयम्सेवीका रुपमा खट्नेछौँ र आफ्ना अनुभव र नयाँ प्राथमिकताबारे निष्कर्ष दिनेछौँ,’ संयोजक पौडेलले भने, ‘हामीलाई जुन विश्वास गर्नुभएको छ, प्रतिवेदन कार्यान्वयन हुने अपेक्षासमेत गर्दछौँ ।’

गृहको समग्र प्रशासन, सेवा तथा सुरक्षा सुधार अध्ययनका लागि मूल समिति र नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन व्यवस्थापन, कारागार व्यवस्थापन तथा स्थानीय प्रशासन र सेवा प्रवाहसहित पाँच विषयगत उपसमितिहरू बनेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १ : २६ बजे

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका