४ पुस २०८२, शुक्रबार | December 20, 2025

घाँटीमा सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु



गुल्मी । गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको घाँटीमा सुन्तला अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।

मालिका गाउँपालिकाको छापराङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएकी थिइन् ।

आज दिउँसो साढे १ बजे आमाछोरा घरको छतमा बसेर सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएको र श्वास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारका लागि गुल्मी अस्पतालमा पु¥याइएको थियो । अस्पताल ल्याएको एक घण्टापछि उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ८ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको