४ पुस २०८२, शुक्रबार | December 19, 2025

विकसित देशले हिमाल बचाउने दायित्व लिनुपर्छ : एमाले अध्यक्ष ओली



काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओले जलवायु परिवर्तनले पारेको असरका बारेमा नेपालले औपचारिक रूपमा विश्वसामु आफ्नो आवाज बुलन्द गर्न पर्ने विचार ब्यक्त गरेका छन्।

पार्टीको परराष्ट मामिला विभाग र वन तथा वातावरण विभागद्वारा जलवायु परिवर्तन न्याय कोप-२८ मा नेपालले लिनुपर्ने अडान विषयक संयुक्त रूपमा आयोजित विज्ञहरूसँगको छलफल कार्यक्रममा बोल्दै जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा परावणीय संकट निम्तिन सक्ने बताउदै नेपालले संकट टार्न विश्व समुदायको ध्यान आकर्षण गर्न ढिला गर्न नहुने बताए ।

‘हिमाललाई तीब्र असर पुर्‍याउने काम विकसित देशले गरिरहेका छन। त्यस बापत विकसित देशले केही रकम दिएर मात्र पुग्दैन । विकसित देशले हिमाललाई कसरी बचाउने भन्नेतर्फ ध्यान दिने बेला आएको छ’, उनले भने ।

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा परराष्ट मामिला विभाग प्रमुख डा. राजन भट्टाराईले जलवायु परिवर्तनका असरको विषय कुटनैतिक हिसाबमा प्रभावकारी लविङ गर्ने बेला आएको बताउदै देशले संयुक्त रूपमा समस्या समधान गर्ने आवाज उठाउनु पर्ने बेला आएको जोड दिए।

पार्टी वन तथा वातावरण विभाग प्रमुख भारती पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन्यजन्तु विभागका महानिर्देशक डा. सिन्धु ढुंगानाले कार्यपत्र प्रस्तुत गरेका थिए भने डा. विमला राई पौडेल, घनश्याम पाण्डे कञ्चन लामा डा. महेश्वर ढकाल नवराज पुडासैनी लगायतले आआफ्नो विचार राखेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ४ : २० बजे

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि

जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपामा आबद्ध

काठमाडौं । ‘जेनजी’ अभियानका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता