१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नेपाल वेयर हाउजिङको आईपीओ आजदेखि निष्कासन



काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले आज (आइतबार)देखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै छ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

उक्त आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका निम्ति आवेदन दिन सकिनेछ । छिटोमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा मागानुसार आवेदन नपरे मंसिर २४ गतेसम्म आवेदन दिने समय थप हुने बताइएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र मेरोसेयर अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेडले ‘आईआरएन डबल बी’ रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : १४ बजे

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।