२३ भदौ २०८३, मंगलबार | September 9, 2026

विदेशी नागरिकका नाममा अनलाइनमार्फत ठगी गर्ने नेपाली युवती पक्राउ



काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाइ एक लाख ३५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २७ वर्षीय युवतीलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार सुजता चौधरीलाई पक्राउ गरिएको हो।

फेसबुकमा एलेक्स बेन्जामिन नाम भएका प्रयोगकर्ताले पीडितहरूलाई साथी बनाइ आफू टर्कीको नागरिक रहेको बताएर माया जालमा पारी आईफोन, घडी, जुत्ता, सुनका गहनाहरू, मेकअपका सामानहरूसहितको लगेज पठाएको छु भनी सामानको फोटो समेत पठाउने गरेका थिए।

त्यसपछि कुरियरको मान्छेले सम्पर्क गर्छ भनी म्यासेज पठाउने गरेको र डेलिभरीमार्फत काठमाडौंको एयरपोर्टमा सामान आइपुगेको छ भनी कस्टम चार्ज, डेलीभरी चार्ज र ईन्सुरेन्स चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम तिनुपर्छ भनेर पीडितलाई विश्वास दिलाइ विभिन्न व्यक्तिहरूको बैङ्क खातामा रहेको एक लाख ३५ हजार रुपियाँ रकम पठाउन लगाइ ठगी गरेको प्रहरीले जनाएको छ।

सो कार्यक्रम सङ्लग्न जिल्ला सप्तरी साबिक धरमपुर गाविस वडा नम्बर ४ परिवर्तित कञ्चनपुर नगरपालिका वडा नम्बर ९ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ३ ईमडोल बस्ने चौधरीलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ६ : ३७ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी