२९ माघ २०८२, बिहिबार | February 12, 2026

गुरुनानक जयन्तीमा राष्ट्रपति पौडेलको शुभकामना सन्देश



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाज सुधारक धार्मिक गुरु ‘गुरुनानक’ ले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका साथै अन्धविश्वास र कुरीतिका विरूद्ध मानिसलाई सचेत गराउन खेलेको भूमिका सदैव स्मरणीय रहेको बताएका छन ।

सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा आज उनले जारी गरेको सन्देशमा विश्वभर छरिएर रहेका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन ।

“गुरुनानकले स्थापित गरेका सामाजिक न्यायका मार्गदर्शनको अवलम्बन गर्न सकिएमा समाजमा शान्ति स्थापना भई आपसी सद्भाव, भाइचारा, सहिष्णुताका साथै सामाजिक न्याय प्रगाढ हुने र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन बल पुग्ने मैले विश्वास लिएको छु ।”-सन्देशमा उनले उल्लेख गरेका छन ।

समाजमा विद्यमान सबै प्रकारका विकृति र विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता तथा भ्रातृत्व कायम गर्न गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास पनि राष्ट्रपति पौडेलले गरेका छन । गुरु नानक जन्मजयन्ती हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमामा सिख धर्मावलम्बीले भक्तिभावका साथ मनाउने गर्दछन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : २५ बजे

बदलिएर आएको काँग्रेस चुनावबाट पहिलो दल बन्छ : उपसभापति विश्वप्रकाश शर्मा

बुटवल । नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको

कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगर पहिलो, इटहरी सबैभन्दा पछाडी

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ११

बुटवलबासीसंग चीरपरिचित छु ,यहाँका समस्या समाधान गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देही अन्तर्गत बुटवल

रुपन्देहीमा शुक्रबारदेखि सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

बुटवल । उमेर समूहका खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउने उद्देश्यसहित

टी-२० विश्वकपमा नेपालको निराशाजनक प्रदर्शन, इटालीसँग १० विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल