७ आश्विन २०८३, बुधबार | September 23, 2026

राष्ट्रपति रामचन्द्र पौडेल चारदिने जापान भ्रमणमा, सम्राट् नारुहितो र प्रधानमन्त्रीसँग भेटवार्ता हुने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारको निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि आइतबार (माघ १८ गते) जापान प्रस्थान गर्दै छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति ११ः३० बजे जापानका लागि प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । उनको जापान भ्रमण माघ १८ गतेदेखि २१ गतेसम्म रहनेछ ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेस मा जापानका सम्राट् नारुहितोसँग राजकीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन टोकियोमै राष्ट्रपति पौडेलले जापानका प्रधानमन्त्री ताकाइची सानेसँग पनि औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यसअघि माघ १९ गते राष्ट्रपति पौडेल जापान सरकारको आयोजनामा नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनेछन् । उक्त समारोह जापानका विदेश राज्यमन्त्री होरी इवाओको आयोजनामा हुने जनाइएको छ ।

माघ १९ गते नै जापानका विदेश राज्यमन्त्री होरी इवाओले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ । साथै भ्रमणका क्रममा राष्ट्रपति पौडेलसँग जापानी व्यापारिक समुदायका प्रतिनिधिहरूसँग भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम समेत रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेल टोकियोस्थित नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने औपचारिक कार्यक्रममा पनि सहभागी हुनेछन् । यस भ्रमणले नेपाल-जापानबीचको दीर्घकालीन मित्रता, आपसी समझदारी तथा आर्थिक-व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।

जापान भ्रमणमा राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी सविता पौडेलसहित उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन् । राष्ट्रपति पौडेल माघ २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ८ : २१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई