१० चैत्र २०८२, मंगलबार | March 24, 2026

अनुमतिबिना ११ लाख बालबालिकाको तथ्याङ्क संकलन गरेको आरोपमा फेसबुकविरुद्ध मुद्दा



काठमाडौं । अभिभावकको स्वीकृतिबिना १३ वर्षमुनिका ११ लाख बालबालिकाको तथ्याङ्क संकलन गरेको आरोपमा फेसबुक सञ्चालकविरुद्ध उजुरी गरिएको छ ।

न्यूयोर्क टाइम्समा प्रकाशित खबरअनुसार ३३ अमेरिकी राज्यका महान्यायाधिवक्ताहरूको समूहले संघीय अदालतमा फेसबुक संचालक संस्था मेटा इन्कमाथि मुद्दा दायर गरेको हो ।

महान्यायाधिवक्ताहरूले मुद्दामा मेटाले सन् २०१९ देखि गोप्य रूपमा १३ वर्ष मुनिका बालबालिकाको डाटा सङ्कलन गरिरहेको आरोप लगाएका छन् ।

विगत ४ वर्षदेखि मेटाले करिब ११ लाख बालबालिकाको स्थान, इमेल, च्याट, फोटो र अन्य जानकारी सङ्कलन गरी बजारमा आफ्नो फाइदामा प्रयोग गरेको मुद्दामा जिकिर गरिएको छ ।

उजुरीमा लाखौं किशोर किशोरीको व्यक्तिगत विवरण मेटाका लागि ‘ओपन सेक्रेट’ जस्तै भएको पनि उल्लेख गरिएको छ।

महान्यायाधिवक्ताहरूको समूहले उजुरीमा मेटाले गोपनीयता कानुनको उल्लङ्घन गरेको आरोप आरोप लगाएको छ । यो आरोप प्रमाणित भएमा मेटाले लाखौं डलर वा सोभन्दा बढी जरिवाना तिर्नुपर्ने हुनसक्ने कानुनका ज्ञाताहरुले बताएका छन् ।

मार्क जुकरबर्गको स्वामित्वमा रहेको यस कम्पनी विरुद्ध गत महिना क्यालिफोर्निया, न्यूयोर्क, कोलोराडो जस्ता राज्यहरूले क्यालिफोर्नियाको उत्तरी जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

उजुरीमा मेटाले नियतवश यस्ता सुविधाहरू सिर्जना गरेको तथा जसले बालबालिकाहरूमा लाइकको लत लाग्ने आरोप पनि लगाइएको छ ।

फेसबुक कम्पनीको संचालक मेटाले भने आफ्नो प्लेटफर्म सुरक्षित रहेको दाबी गर्दै उजुरीमा उठाइएको आरोपको खण्डन गरेको छ । ती राज्यहरूले अदालतको बाटो रोज्नु निराशाजनक रहेको मेटाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १० : ४८ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११