९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेपालमा नसर्ने रोगबाट मृत्यु हुनेको अनुपात ७१ प्रतिशत



नेपालगन्ज । नसर्ने रोगबाट मृत्यु हुनेको संख्या भयावह बन्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ । नसर्ने रोगबाट मृत्यु हुनेको अनुपात ५१ प्रतिशतबाट बढेर अहिले ७१ प्रतिशत पुगेको तथ्याङ्क एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा विश्व स्वास्थ्य समन्वय नेपाल, सुरक्षित मातृत्व संजाल महासंघ नेपालको सहयोगमा मंगलबार नेपालगन्जमा आयोजित नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणमा बहुक्षेत्रीय कार्यशाला गोष्ठिमा सहभागी सरोकारवालाहरुले मुटु, मधुमेह रोगलाई ८० प्रतिशतसम्म तथा क्यान्सरलाई ४० प्रतिशतसम्म रोकथाम गर्न सकिने बताए ।

उनीहरुले अस्पतालमा उपचारका लागि पुग्ने ९० प्रतिशत विरामीहरु नसर्ने रोगका रहेको बताउँदै नसर्ने रोगबाट हुने मृत्युदर न्यूनीकरणमा राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताए ।

सहभागी सरोकारवालाहरुले सूर्तिजन्य पदार्थको प्रयोग, मदिरा सेवन, बदलिदो जीवनशैली लगायतका कारणले नसर्ने रोगको प्रभाव बढ्दै गएको बताए ।

सुरक्षित मातृत्व संजाल महासंघ नेपालका अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नसर्ने रोग रोकथामका लागि राज्यले चेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले संचालन गर्नु पर्ने बताइन् । उनले फेरिदो जीवनशैलीका कारण मानिसहरु नसर्ने रोगबाट मृत्युवरण गर्न बाध्य भएको बताउँदै संजालले नेपालगन्ज् उमहानगरपालिकासँग सहकार्य गरेर नसर्ने रोग नियन्त्रणका लागि काम गर्ने प्रतिबद्धता जनाइन् ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नसर्ने रोग न्यूनीकरणका लागि पालिकाले चेतना जगाउने कार्यक्रमको थालनी गर्ने उल्लेख गर्दै नसर्ने रोग न्यूनीकरणका लागि पालिकाले सुगर जाँच, सचेतीकरण कार्यक्रमहरु गर्दै आएको जानकारी दिए । कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका नसर्ने रोग फोकल पर्सन नरेश श्रेष्ठ, सुजन जोशी र सुनिल श्रेष्ठले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

अस्पतालमा उपचारका लागि पुग्ने ९० प्रतिशत विरामीहरु नसर्ने रोगका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ७ : ५४ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय