४ पुस २०८२, शुक्रबार | December 20, 2025

सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक



काठमाडौं । केही दिनयता निरन्तर सुनको भाउ उकालो लागेको छ । गत सोमबारबाट उकालो लागेको सुनको भाउ बुधबारसम्म आइपुग्दा तोलाको १ लाख २० हजार नजिक  पुगेको छ ।

निरन्तर नयाँ रेकर्क बनाउँदै सुनको भाउ बढिरहेको छ । बुधबार १ हजार ६०० रुपैयाँले बढेको सुन तोलामा १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यसअघि मंगलबार ३०० रुपैयाँले बढेर १ लाख १७ हजार ७०० रुपैयाँ र सोमबार ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ४०० रुपैयाँमा प्रतितोला छापावाला सुनको कारोबार भएको थियो ।

बुधबार तेजाबी सुन तोलामा १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी तोलामा एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको