४ पुस २०८२, शुक्रबार | December 20, 2025

केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेटको फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै



पोखरा । पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुदै छ ।  फाइनलमा मधेस प्रदेश र नेपाल आर्मी आज भिड्दै छन् । पोखरा रंगशालामा हुने यो खेल साढे १२ बजेदेखि शुरु हुने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जानकारी दिएको छ ।

विहिबार सम्पन्न सेमिफाइनल खेलमा मधेस प्रदेशले एपीएफलाई पराजित गरी फाइनलमा स्थान पक्का गरेको हो । त्यस्तै विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाउनेछ ।

प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ । प्रतियोगिता यही मङ्सिर ७ गतेदेखि सञ्चालन भएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ७ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको