१४ फाल्गुन २०८२, बिहिबार | February 27, 2026

३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, पेट सम्बन्धी सम्पूर्ण उपचार हुने



बुटवल । बुटवलमा ३ करोडको लगानीमा ग्याष्ट्रो सेन्टर स्थापना भएको छ । वरिष्ठ चिकित्सकसहित चारजना स्वास्थ्यकर्मीहरुको टोलीले ग्याष्ट्रो सेन्टर स्थापना गरेको हो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा पेट, कलेजो तथा आन्द्रा रोगको सम्पूर्ण उपचार तथा निदान गर्न निजी संस्थाको रुपमा ग्याष्ट्रो सेन्टर प्रालि स्थापना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यसको औपचारिक शुभारम्भ भने मंसिर १६ गते हुने छ ।

काठमाडौं शिक्षण अस्पतालबाट विज्ञता प्राप्त गरेका डा. मोहन भुसालको सक्रियतामा यो संस्थाको स्थापना गरिएको हो । डा. भुसाल वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्याङ्क्रियाज रोग विशेषज्ञ हुन् । यस क्षेत्रका बिरामीलाई पेट आन्द्रा तथा कलेजो रोगको उपचार तथा निदान गर्न अव बाहिर जानु नपर्ने डा. भुसालले बताए ।

राजधानी बाहिर लुम्बिनी प्रदेशमा कलेजोको उपचारको व्यवस्था गर्नु, सर्वशुलभ रुपमा पेट सम्बन्धी रोगको व्यवस्थापन गर्नु, भविष्यमा इआरसिपी सेवा सुरु गर्नु, पेटसँगै अन्य समस्यामको उपचार व्यवस्थापन गर्नु ग्याष्ट्रो सेन्टरको उद्देश्य रहेको उनले बताए ।

उक्त सेन्टरमा हाल इन्डोस्कोपी सेवा, क्लोनोस्कोपी सेवा, इभिएल ब्यान्डिङ, पोलि पेक्टोमी र भिडियो एक्सरे सेवा उपलव्ध छन् । अन्य निजी क्लिनिक तथा अस्पतालको शुल्कको तुलनामा केही कम शुल्क तय गरिएको, जेष्ठ नागरिक तथा अशक्त अपाङ्गता भएका स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकाको हकमा छुटको व्यवस्था गरिएको डा. भुसालले बताए ।

ग्याष्ट्रो सेन्टरमा डा. भुसालसहित चारजना स्वास्थ्यकर्मीहरुको लगानी छ । ग्याष्ट्रो सेन्टरमा नयाँ र आधुनिक प्रविधिबाट उपचार हुने डा. भुसालले बताए ।

ग्यास्ट्रो सेन्टरमा फाइब्रोस्क्यान सेवा समेत उपलव्ध रहेको छ । यसले कलेजोको कडापन मापन गर्नुका साथै लिभर फाब्रोसिस, सिरोसिसको निदानमा सहयोग गर्दछ । त्यस्तै हेपाटाइटिस, फ्याट्टी लिभर अल्कोहोलिक लिभर डिजिज/लिभर इन्जाइम बढेका बिरामीहरुको अवस्थाबारे जानकारी गराउँछ ।

त्यस्तै फाइब्रोस्क्यानले लिभर बायोप्सीबिना नै लिभर ड्यामेज भएको छ छैन भनेर पत्ता लगाउँछ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ७ : ५५ बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर