४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

विशेषज्ञ चिकित्सकसहितको ‘ग्याष्ट्रो’ सेन्टर उद्घाटन



बुटवल । पेट सम्बन्धी सम्पूर्ण उपचारको लागि काठमाण्डौ जानुपर्ने विरामीहरुको लागि बुटवलमा नै विशेषज्ञ चिकित्सकहरुले ग्याष्ट्रो सेन्टर बुटवल प्रालि सुरुवात गरेका छन् । बुटवल उपमहानरपालिका वडा नम्बर-६ तिलोत्तमा पथमा प्रदेशकै पहिलो विशेषज्ञ चिकित्सकहरुको सहभागीतामा सेन्टर सुरुवात भएको छ ।

ग्याष्ट्रो सेन्टर बुटवल प्रालिको शनिवारबार त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल ग्यास्टोईन्टेरोलिष्ट विभाग प्रमुख प्रोफेसर डा. राहुल पाठकले उद्घाटन गरेका हुन ।

उद्घाटन गर्दै पाठकले काठमाण्डौमा समेत राम्रो चिकित्सकको रुपमा आफ्नो प्रभाव जनाउन सफल भएका चिकित्सक डा. मोहन भुषालले यो क्षेत्रमा पनि उपचार केन्द्र खोल्नु गौरवको विषय भएको बताएका थिए ।

लुम्बिनी प्रदेशमा पेट कलेजो तथा आन्द्रा रोग सम्बन्धी सम्पूर्ण बिरामीहरू उपचारको लागि काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने फाइब्रोस्क्यान सेवा सहित ग्यास्ट्रो सेन्टर प्रालि बुटवल सञ्चालनमा भएपछि यो क्षेत्रका विरामीहरुले सहज रुपमा उपचार पाउनेमा विश्वास लिएको उनको भनाई रहेको थियो ।

बधाई तथा शुभकामाना दिदै प्रोफेसर डा. पाठकलले थप प्रगतिको कामना गरेका थिए । रिबन काटेर त्यहा राखीएको ताम्रपत्र अनावरण गरी प्रालिको सेवा शुभारम्भ गरिएको हो ।

प्रालिका सञ्चालक तथा वरिष्ठ पेट आन्द्रा कलेजो तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा. मोहन भुसाल सहितको समुले यो उपचार केन्द्र सञ्चालनमा ल्याएको हो ।

डा.भुसाललको काठमाडौं टिचिङ अस्पतालमा लामो समय पेट रोग सम्बन्धी काम गरेको कार्य अनुभव छ । ३ करोड रूपैयाँको लागतमा सञ्चालित प्रालिमा डिजिटल प्रविधिबाट विरामीको चेकजाँच गरिने प्रालिका सञ्चालक तथा रामप्रसाद अर्यालले जानकारी दिए ।

‘फाइब्रोस्क्यान सेवा यस्तो सेवा हो, जसले कलेजको कडापन मापन गर्दछ । लिभर, फ्राबोसिस, सिरोसिस को निदानमा सहयोग गर्छ । हेपटाइटिस, अल्कोहल लिभर, लिभर इन्जाइम भएका बिरामीको अवस्था बारे जानकारी दिन्छ । त्यस्तै लिभर बायस्पी विना लिभर डयाम्मेज भए नभएको पत्ता लगाउछ’ डा. भुसालले भने । प्रालिमा इण्डोस्कोपी, क्यानोस्कोपी लगायतका सेवा सहित भिडियो एक्सरे सेवा पनि उपलब्ध छ । प्रालिमा प्राइभेट क्लिनिक तथा अस्पतालको तुलनामा शुल्क सस्तो राखिएको छ ।

साथै जेष्ठ नागरिक अशक्त अपाङ्गता भएका व्याक्ति, महिला स्वास्थ्यकर्मी तथा स्वमसेविकालाई निश्चित केही प्रतिशत छुटको व्यवस्था गरिएको छ । प्रालिको सञ्चालकमा डा.मोहन भुसाल, राम प्रसाद अर्याल, युवराज मगर र नेत्र भुसाल रहेका छन् ।

समुद्घाटन समारोहमा सन्धिखर्क नगरपालिका अर्घाखाँचीका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ सहित विभिन्न जनप्रतिनीधी, चिकित्सकहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ७ : ३० बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको