२९ माघ २०८२, बिहिबार | February 12, 2026

मधेस प्रदेशले जित्यो केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेटको उपाधी



पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गरेको ‘केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ ।

शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेसले उपाधि जितेको हो । उपाधिसँगै मधेसले नगद रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । उपविजेता बनेको आर्मीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पायो ।

पहिले ब्याटिङ गरेको मधेसले आर्मीलाई एक सय ३६ रनको लक्ष्य दिएको थियो । आर्मीले उक्त लक्ष्य भेटाउने क्रममा निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २४ मात्र बनाउन सक्यो ।

आर्मीका कप्तान विनोद भण्डारीले ३२, विवेक यादवले २५, भीम सार्कीले २२, सोमपाल कामी र सन्तोष कार्कीले १६-१६ रन बनाए । रोहित पौडेलले पाँच, राजेश बुढामगरले तीन, बसिर अहमदले दुई रन जोड्नु हुँदा कुशल मल्ल शून्य रनमा आउट भए ।

बलिङतर्फ मधेसका कप्तान हरिशङ्कर साहले सर्वाधिक चार विकेट लिए । प्रदीप पासवानले दुई र प्रतीक यादवले एक विकेट हात पारे । टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो । मधेसका विशाल पटेलले ४९, कप्तान हरिशङ्कर शाहले २७, हिमान्सु दत्तले १४ र विशाल सुस्लिङले १० रन जोडेका थिए । पवन सराफले नौ, इम्रान शेखले आठ, अनिल शाह छ, प्रदीप पासवानले चार, मायन यादवले तीन रन बनाएका थिए ।

बलिङतर्फ आर्मीका साहव आलम र विवेक यादवले तीन-तीन, सोमपाल कामी र बसिर अहमदले एक-एक विकेट लिए । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ बनेका मधेस प्रदेशका हरिशङ्कर शाहले रु ३० हजार प्राप्त गरे ।

प्रतियोगिताभर १० विकेट लिएका बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने ‘बेस्ट बलर’ चुनिए । बागमती प्रदेशकै रित गौतम ‘बेस्ट ब्याट्सम्यान’ बने । उनीहरुले रु २०-२० हजार पुरस्कार प्राप्त गरे ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ७ : ५७ बजे

भदौ २४ गते राष्ट्रपतिलाई समेत ढालेर कठपुतली सरकार बनाउने षड्यन्त्र भएको थियो : प्रचण्ड

बागलुङ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड

टी-२० विश्वकप : इटालीले टस जितेर फिल्डिङ रोज्यो, नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार नेपाल र इटालीबीच

१३ औं संस्करणको ‘दीप गायन तारा’ शुक्रबारदेखि सुरु हुँदै

बुटवल । रूपन्देहीका विद्यार्थीमा लुकेर रहेका गायन प्रतिभालाई पहिचान र

राष्ट्रपति पौडेलले गरे राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका