२ पुस २०८२, बुधबार | December 17, 2025

प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा



महोत्तरी । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विहान महोत्तरीको बर्दिबास आइपुगेका छन ।

अध्यक्ष प्रचण्ड बिहान ९ बजेदेखि बर्दिबास-४ माइस्थानमा दलको तीन महिने रुपान्तरण अभियानको मधेस प्रदेश समीक्षा बैठकमा सहभागी रहने माओवादी केन्द्रका मधेस प्रदेश इञ्चार्ज लिलामणि पोखरेलले बताए । उनले बैठकमा मधेस प्रदेशबाट पार्टी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सदस्य, जिल्ला इञ्चार्ज र रुपान्तरण अभियानका जिल्ला संयोजकबीच अभियानारे समीक्षा भइरहेको जानकारी दिए । प्रदेशका आठवटै जिल्लामा सञ्चालित अभियानको जिल्ला इञ्चार्जबाट जानकारी लिएपछि अध्यक्ष प्रचण्डले थप निर्देशन दिनेछन ।

अध्यक्ष प्रचण्ड आजै दिउँसो जिल्लाको गौशाला-५ स्थित बहुद्देश्यीय भवनमा सञ्चालन हुने पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन । प्रशिक्षणमा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समिति पदाधिकारी तथा सदस्य, अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्यहरु, जिल्ला अध्यक्षसहित एक हजार आठ सय नेता सहभागी हुनेछन । सो कार्यक्रम सकिएपछि प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्किनेछन ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ११ : ३८ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व