१० माघ २०८२, शनिबार | January 24, 2026

जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकको मृत्यु



प्यूठान । प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्यूठानको ऐरावती गाउँपालिका–२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

आज बिहान ११ः२० बजे लु ३ च ६८७४ नं को स्कार्पियोको अगाडीको टायर पङ्चर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए ।

दुर्घटनामा परि गाडीको अगाडी बाटोमा हिडेका मल्लरानी गाउँपालिका–३ का वडासदस्य दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख इश्वर थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  २ : ३७ बजे

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित (तस्वीरहरु)

बैतडी । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं । प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता,

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं । विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौं

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात/वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।