९ चैत्र २०८२, सोमबार | March 23, 2026

एभरेष्ट वक्तृत्वकलामा स्नेहा गौतम विजयी



बुटवल । बुटवल-८ सुख्खानगरमा अवस्थित एभरेष्ट इङ्लिस बोर्डिङ माध्यमिक विद्यालयमा अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउँदै उनीहरुमा तार्किकतायुक्त वाककलाको विकास गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा कक्षा ११ र १२ का जम्मा १२ जना छात्रछात्राको सहभागिता रहेको थियो ।

विद्यालयका सह प्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख भीमसेन गौतमको सभापतित्व, प्राचार्य कृष्ण न्यौपानेको प्रमुख आतिथ्य, उप प्राचार्य उमेश रेग्मी तथा विज्ञान तह संयोजक डा। शालिकराम भण्डारीको आतिथ्यमा सम्पन्न उक्त प्रतियोगितामा शिक्षकद्वय बुद्वि प्रसाद नेपाल र माधव प्रसाद पौडेलले निर्णायकको जिम्मेवारी वहन गरेका थिए ।

प्रतियोगितामा अन्नपूर्ण सदनबाट कक्षा १२ कि स्नेहा गौतम प्रथम, उक्त सदनबाटै कक्षा ११ कि सरिता रेग्मी द्वितीय र मनास्लु सदनबाट कक्षा ११ का हेमप्रसाद भण्डारीले तृतीय स्थान प्राप्त गरेका छन् ।

विजयी प्रतियोगीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले विद्यार्थीको व्यक्तित्व विकासका लागि विद्यालय अहोरात्र लागिपरेको र त्यसमा विद्यार्थीको सक्रिय सहभागिता आवश्यक रहेको विचार व्यक्त गरेका थिए भने सह प्राचार्य भीमसेन गौतम, उप प्राचार्य उमेश रेग्मी लगायतका वक्ताहरुले प्रतियोगीहरुको प्रशंसा गर्दै निरन्तर सहभागिताको कामना गरेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ६ : १७ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय