२१ असार २०८३, आइतबार | July 5, 2026

भैरहवामा मापसे गरी स्कुल बस चलाउने कारवाहीमा, ‘राडर गन’ काे प्रयाेग सुरू



भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले मापसे गरी स्कुल बस चलाएको एक जना चालकलाई कारवाही गरेको छ । बस चेकजाँच अभियानको क्रममा भैरहवामा भएको २ फरक फरक स्थानको चेकजाँच युनिटबाट ६६ वटा स्कुल बस चेकजाँच भएकोमा मापसे गरेका चालक कारवाहीमा परेका हुन् ।

मापसे गरी स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियम अनुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालक मार्फत विद्यार्थीहरुलाई गन्तव्यमा पठाइएको ट्राफिक प्रहरी ट्राफिक प्रहरी निरीक्षक बजिरसिंह बिष्टले जानकारी दिए । ट्राफिक प्रहरी कार्यालयले बिहीबार देखि स्कुल बस चेक जाँच गर्ने अभियान संचालन गरेको छ  ।

अभियान अन्तर्गतको पहिलो दिन भैरहवाको बुद्धचोक र लुम्बिनी गेटमा ६६ वटा बस चेकजाँच गरिएको थियो । चेकिङको क्रममा ट्राफिक नियम उल्लंघन गर्ने स्कुल बसका चालकलाई कारवाही र केहीलाई सचेत गराइएको ट्राफिक प्रहरी प्रमुख विष्टले जानकारी दिए ।

चर्को मुल्य लिएर पनि विद्यार्थीहरुलाई सिट अनुसारको सुविधा नदिएको, विद्यार्थीहरुलाई सास्ती दिएको भन्ने गुनासो ट्राफिक प्रहरीमा आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिद्यालयको यस्तो अवश्था नियन्त्रण गर्न बिशेष अभियान थालेको छ । कार्यालय र मातहतका निकायले स्कुल बस चेकजाँचको क्रममा सम्झाई बुझाई गरेको छ । ‘हामीले पहिलो दिन अधिकांस विद्यालयका बस चालकलाई सम्झाई बुझाई छाडेका छौ, चेकजाँच गरिएको बस मध्ये अधिकांसले क्षमता भन्दा बढि यात्रु बोकेको पाइएको छ भने अधिकांस बस निर्देशिका विपरित रहेकोले सचेत गराइएको छ, उनले भने ।

यस्तै तिव्र गतिमा सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले ‘राडर गन’ मार्फत् सवारी साधनको गति मापन र कारबाही पनि सुरु गरेको छ । जिल्लाका विभिन्न ठाउँमा ‘राडर गन’ मार्फत् चेकजाँच सुरु गरिएको र तिव्र गतिमा सवारी चलाउनेलाई ठाउँका ठाउँ कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ । रुपन्देहीमा भएको दुर्घटना मध्ये ९० प्रतिशत दुर्घटना तिव्र गतिका कारण हुने गरेको तथ्याङक देखिएको छ । उक्त दुर्घटना मध्ये अधिकांस बुटवल भैरहवा सडक खण्डमा तिव्र गतिका कारण हुन थालेपछि दुर्घटना न्यूनिकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गरेका हो ।

ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण गर्न ट्राफिक कार्यालयले विविध कार्यक्रम संचालन गरेपनि दुर्घटना र मृतकको संख्यामा न्यूनिकरण हुन सकेको छैन । चालकसँग ट्राफिक प्रहरी, चालकसँग एक मिनेट, अन द स्पट कारवाही, आफु बचौ अरुलाई बचाऔं, नम्बर प्लेट सुधार, सवारी साधनलाई परिवर्तन गरी ध्वनी प्रदुषण गर्नेलाई कारवाही लगायतका अभियान रुपन्देही ट्राफिक प्रहरीले कार्यान्वयन गर्दै आएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ८ : ०६ बजे

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा । गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । उपाधिको प्रमुख दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को

हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

नारायणघाट-बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक

इतिहास रच्दै मोरक्को क्वाटरफाइनलमा प्रवेश, सहआयोजक क्यानडाको विश्वकप यात्रा टुंगियो

काठमाडौं । सह-आयोजक क्यानडालाई ३-० गोलअन्तरले पराजित गर्दै मोरक्को फिफा