१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

सिद्धबाबा सुरुङमार्गको कामबारे भौतिकमन्त्री ज्वालाको चासो, कामलाई तिव्रता दिन निर्देशन



बुटवल । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङमार्गको काम सुस्त भएको भन्दै कामलाई तिव्रता दिन निर्देशन दिएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको निर्माणधिन सिद्धबाबा सुरुङ मार्गको शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले कामको गति निकै ढिलो भएकोमा ध्यानआर्कषण गराउँदै तिव्रता दिन निर्देशन दिएका हुन् ।

सिद्धबाबा सुरुङ मार्गलाई ठूलो र महंगो आयोजनाका रुपमा लिइएको बताउँदै यसको काममा कुनै पनि लापरवाही नगर्न मन्त्रीले निर्माण व्यवसायीलाई सचेत बनाए । ‘अहिले ८÷९ प्रतिशत मात्रै काम काम भएको छ, कामको रफ्तार बढाउनका लागि स्थलगत निरीक्षण गरिएको हो’ मन्त्री ज्वालाले भने । सरकारका तर्फबाट समस्या समाधान गर्न तत्पर रहेको तर, वाहना बनाएर काममा ढिलाई गर्न छुट नदिने बताए । ‘समस्या कहाँनिर छ, त्यो हामी सुन्छौं, तर वाहना बनाएर ढिलाई गनए पाईँदैन’ उनले भने ।

मन्त्री ज्वालाले सिद्धबाबा सुरुङमार्ग राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारले उच्च प्राथमिकतामा राखेकाले यसलाई सफल रुपमा पूरा गर्नका लागि आकस्मिक रुपमा निरीक्षण गरिएको बताए । उनले निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्माण व्यवसायीको कामप्रती सन्तुष्ट हुन सक्ने अवस्था नरहेको प्रतिक्रिया दिए । मन्त्री ज्वालाले माथिल्लो सिद्धबाबाको प्रवेशद्धार सहित ३ वटा क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबा देखि पाल्पाको दोभान चौकी सम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्गको अवधारणा अघि सारिएको हो ।

सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्परेसनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्गका लागि ७ अर्ब ३४ करोड सम्झौता गरेको हो । निरीक्षणमा सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालले कामले गती लिन नसकेको स्विकार गरे । उनले सुरुङमार्ग नेपालका लागि नयाँ भएकाले अहिले बाहिरी डिजाईन स्विकृत गरेर काम भइरहेको बताए ।

यस्तै मन्त्री ज्वालाले बुटवल नारायणगढ सडकखण्डको पनि शनिबार नै निरीक्षण गरेका छन् । सडक निर्माण समयमा पूरा नहुँदा नागरिकले सास्ती पाएको बिषयमा जनगुनासो व्यापाक भएकाले आफू निरीक्षणमा आएको उनले बताए । ‘बुटवल नारायणगढ सडकको कामको गती बढेको छैन, सन्तुष्ट छैनौं’ मन्त्रीले भने -‘अहिले स्थलगत निरीक्षण गरेर समस्या के हो, त्यसको समाधान गर्ने गरी छलफलमा समेत जुटछौ ।’ मन्त्री शर्माले यस सडकका बिषयमा नागरिकहरुको गुनासो निकै धेरै भएकाले अब कुनै पनि वाहनामा काममा ढिलाई नगर्न निर्देशन दिएको बताए ।

मन्त्रीले आफु बुटवल नारायणगढ सडकको काममा भइरहेको ढिलाईप्रती निकै चासो रहेको बताउँदै यसपटक समस्याको चुरो पत्ता लगाएर समाधान गर्ने गरी आएको बताए । उक्त अवसरमा बुटवल नारायणगढ पश्चिम सेक्टर आयोजना प्रमुख शंशाक मिश्रले पर्याप्त मात्रामा निर्माण सामाग्री नपाउँदा काममा ढिलाई भएको बताए । उनका अनुसार नारायणगढ बुटवल पश्चिम खण्डमा ३९ प्रतिशत भौतिक प्रगती छ । मन्त्री ज्वाला सहितको टोलीले शनिबारै हुलाकी सडकखण्डको समेत निरीक्षण गरेका छन ।

यस्तै कपिलबस्तुमा निर्माण भएको सुरईखोलाको पुलको समेत उद्घाटन गरिएको छ । निरीक्षणमा मन्त्री ज्वालासँगै सडक विभागका महानिर्देशक सुशिल बाबु ढकाल, मन्त्रालयका निमित्त सचिव रघुराम विष्ट, एसियाली विकास बैंक(एडिबि)का निर्देनालयका प्रमुख चुराराज ढकाल, पुल महाशाखाका प्रमुख ललितजंग खनाल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : २८ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary