२९ बैशाख २०८१, शनिबार | May 11, 2024

नेपालका सुवासले इण्डियन गल्फ च्याम्पियनसिपको उपाधि जिते



काठमाडौं । नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले भारतको प्रतिष्ठित आइजीयु १२२औँ एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि हात पारेका छन् ।

रोयल कलकत्ता गल्फ क्लबमा म्याच–प्ले फरम्याटमा खेलिएको ३६–होलको फाइनल खेलमा सुवासले भारतीय खेलाडी रोहितलाई पराजित गर्दै उपाधि जितेका हुन् । ३६ होलको फाइनल खेलमा २९औँ होलमा ९ होलको अग्रता बनाएपछि सुभाषले उपाधि पक्का गरेका हुन् ।

सुभाषले शनिबार भएको खेलमा दक्षिण अफ्रिकाका एल्टिन भान डर मर्वलाई पराजित गर्दै फाइनमा पुगेका हुन् । नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सुवास दोहोरो स्वर्ण पदक विजेतासमेत हुन् ।

नेपाल ओलम्पिक कमिटीबाट सन् २०२४ को पेरिस ओलम्पिक गेम्सका लागि छात्रवृत्ति प्राप्त गरेका सुवास विगत दुई वर्षदेखि भारतको बैंग्लुरुस्थित तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षणरत रहेका छन् ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ८ : ०७ बजे

रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा

काठमाडौं । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत्कृष्ट पर्यटकीय

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

काठमाडौं । भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने

इभी बजारको विश्वव्यापी नेतृत्व गर्नबाट चीनलाई रोक्न सम्भव छैन

केही अमेरिकी र युरोपेली राजनीतिज्ञहरूले चीनको इलेक्ट्रिक वाहन उद्योगमा औंला

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौडा  । बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो