४ पुस २०८२, शुक्रबार | December 20, 2025

राप्रपा नेपालले देशका सात स्थानमा क्षेत्रीय भेला र प्रशिक्षण गर्ने



काठमाडौं । राप्रपा नेपालले मुलुकका सात स्थानहरुमा क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । काठमाडौंमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयन र प्रगति समिक्षा पनि गरेको छ ।

अध्यक्ष कमल थापाले बैठकमा बोल्दै अहिलेको व्यवस्था असफल सावित भैसकेकोले यो त्रुटिपूर्ण मार्गचित्रबाट मुकुकले निकास पाउन नसक्ने विश्लेषण गर्दै नयाँ जनआन्दोलनको आबश्यकतामा जोड दिए । थापाले आन्दोलनलाई सफल बनाउन बृहत राष्ट्रबादी प्रजातान्त्रिक मोर्चाको निर्माण आबश्यक भएकोले मोर्चा निर्माणमा पार्टीले तदारुकता देखाएको र यसलाई निष्कर्षमा पुर्याउन सबैको सकारात्मक भुमिका र पहल आवश्यक रहेको चर्चा गरेका छन् ।

कार्यक्रम अनुसार मध्यमाञ्चलको पौष १२ गते काठमाडौंमा, तराई मधेस क्षेत्रको १६ गते जनकपुरमा, मध्यपश्चिमको पौष १८ गते बुटवलमा, कर्णालीको पौष २० गते सुर्खेतमा र सुदुरपश्चिमको २२ गते कंचनपुरमा भेला र प्रशिक्षण कार्यक्रम आयोजना गरिने मिति तय गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार पश्चिमान्चलको र पुर्वान्चलको मिति पछि तय गरिने छ ।

उपत्यका भित्र भक्तपुरमा आगामी पौष १४ गते जिल्ला कार्य समितिले सभा आयोजना गर्ने समेत पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ८ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको