४ पुस २०८२, शुक्रबार | December 20, 2025

गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग



ढोरपाटन । बागलुङका गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह उपलब्ध गराइएको छ । गलकोट नगरपालिका–६ नेपानेका झप्परबहादुर बस्नेतले बुबा वीरबहादुर र आमा मनकुमारीको स्मृतिमा विद्युतीय शवगृह सहयोग गरेका हुन । बस्नेत परिवारले रु आठ लाख बढीको विद्युतीय शवगृह नगर अस्पताललाई सहयोग गरेको हो ।

गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले यसअघि विद्युतीय शवगृह नहुँदा अस्पतालको कामकाजमा बाधा पुग्ने गरेको बताए । “विद्युतीय शवगृह नहुँदा सडेको शव परीक्षण गर्नुपरिरहेको थियो”, उनले भने ।

पश्चिम बागलुङमै विद्युतीय शवगृह थिएन । यस्तो अवस्थामा शव धेरै दिनसम्म राख्न राख्न मुश्किल हुने गरेको थियो । डा पौडेलका अनुसार अहिले प्राप्त भएको विद्युतीय शवगृहमा दुईवटा शव राख्न सकिन्छ । “यसअघि शवलाई सुरक्षितरुपमा राख्न बाग्लुङ पुग्नुपर्ने अवस्था थियो”, उनले भने ।

विद्युतीय शवगृह सहयोगकर्ता बस्नेतले अस्पताललाई चाहिने अन्य सामग्री पनि निरन्तर सहयोग गर्दै जाने बताए । पश्चिम बागलुङका छ पालिकाका स्वास्थ्य संस्थामा एउटा पनि विद्युतीय शवगृह छैन । सदरमुकामस्थित धौलागिरि अस्पतालमा शव राख्नुपर्ने बाध्यता थियो । यो खर्चिलो थियो ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ८ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको