काठमाडौं, २ पुस । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा। डा। गोविन्द केसीले आमरण अनशन तोडेका छन्।
डा। केसीले ७२ घण्टापछि सोमबार साँझ धनगढी उपमहानगरपालिका–१ की अञ्जली नेपाली र धनगढी उपमहानगरपालिका(७ की रेनुका चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन्।
डा. केसीले २९ मंसिरको साँझ ५ बजेदेखि धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका थिए। अनशन तोडेपछि डा. केसी उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुँदैछन्।
केसीले अनसन तोड्दै गेटामा मेडिकल विश्वविद्यालय बन्न नसक्ने जिकिर गरे । उनले राजनीतिक दलका नेताहरुले भन्दै विश्वविद्यालय नबन्ने बताउँदै गेटामा मेडिकल विशेषज्ञ सेवासहितको ३०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन हुनुपर्ने माग राखे । उनले आफूसँग सरकारले १६ महिनाअघि सहमति गरेको तर अझै रोकेर राखेको आरोप समेत लगाए ।

















प्रतिक्रिया