२० मंसिर २०८२, शनिबार | December 6, 2025

बाँकेमा १२५ जनाको बन्ध्याकरण गर्दा १३ जना पुरुषमात्र आए बन्ध्याकरण गर्न



नेपालगन्ज । स्वास्थ्य कार्यालय, बाँकेले जिल्लाका पालिकाहरुमा सञ्चालन गरेको स्थायी बन्ध्याकरण शिविरमा १ सय २५जनाको स्थायी बन्ध्याकरण हुँदा बन्ध्याकरण गर्नेको पुरुषको संख्या जम्मा १३ जना रहेका छन् । मंसिर १४ गतेदेखि सञ्चालन गरिएको शिविरमा एक सय पच्चीस जनाले बन्ध्याकरण गर्दा १३ जना पुरुषले मात्र स्थायी बन्ध्याकरण गरेका हुन् ।

जानकी गाउँपालिकामा र डुडुवामा त पुरुषहरु बन्ध्याकरण गर्न आउँदै नआएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ् । जानकीमा १५ जना महिला र डुडुवा गाउँपालिकामा ७ जना महिलाले बन्ध्याकरण गरेका छन् ।

खजुरा गाउँपालिकामा १९ जनाले बन्ध्याकरण गर्दा १८ जना महिला र एक जना पुरुषले बन्ध्याकरण गरेका थिए । बैजनाथ गाउँपालिकामा सात जनाको बन्ध्याकरण गर्दा ५ जना महिला र दुई जना पुरुष रहेका छन् । कोहलपुर नगरपालिकामा २० जनाको बन्ध्याकरण गरिएको थियो । त्यसमा १८ महिला र दुई पुरुष थिए । नरैनापुर गाउँपालिकाको गंगापुरमा ११ जनाको अप्रेसन गरिएकोमा ८ महिला र तीन पुरुष थिए । राप्तीसोनारी गाउँपालिकाको कमैयाडाडामा १६ जनाको बन्ध्याकरण गर्दा १५ महिला र एक पुरुष तथा बैजापुर अस्पतालमा गरिएको शिविरमा १५ जनाले बन्ध्याकरण गरेकोमा १४ जना महिला थिए ।

नेपालगन्ज उपमहानगरपालिकाको नेपाल परिवार नियोजन संघ भवनमा राखिएको शिविरमा महिला १३ जनाले मिनिल्याप गराउँदा पुरुष २ जनाले मात्र भ्याक्सेटोमी गराएका छन् ।

निशुल्क गरिएको शिविरमा मिनिल्याप (महिलाको अप्रेसन) गर्नेको संख्या बढी देखिएको स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन देवनारायण उपाध्यायले जानकारी दिए । पुरुषले बाहिर गएर काम गर्नुपर्ने भएको र अप्रेसन गर्दा कमजोर हुन्छ भन्ने भ्रमित मानसिकता देखिएकाले महिलाको बढी बन्ध्याकरण भएको उनले बताए ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ८ : ४३ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल