१९ माघ २०८२, सोमबार | February 2, 2026

कांग्रेसको आदर्श र सिद्धान्तमा अन्य पार्टी पनि आए, पार्टीको जित भएको छ : सभापति देउवा



पोखरा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाउँदै लैजान सके बहुमत र त्यो नभए सबैभन्दा ठूलो पार्टी बनाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

नेपाल आदिवासी, जनजाति, दलितलगायतको साझा देश भएको उल्लेख गर्दै सभापति देउवाले सबैलाई एकसाथ समेटेर लैजानुपर्ने बताए । “कुनै पनि पार्टीको बहुमत छैन, त्यसैले कुनै न कुनैसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ, आवश्यकता पनि यही हो”, उनले भने ।

कांग्रेसको आदर्श र सिद्धान्तमा अन्य पार्टी पनि आएका र त्यसमानेमा पार्टीको जित भएको उनको भनाइ थियो । सभापति देउवाले भने– “बहुदलीय प्रजातन्त्र हाम्रो सिद्धान्त र आदर्श हो, यसमा समावेशी र समानुपातिक पनि राखिएको छ ।”

नेपाली कांग्रेसका उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङले आम कार्यकर्ताको भावनालाई आत्मसात् गर्दै पार्टी सङ्गठनलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

पार्टीका महामन्त्री गगनकुमार थापाले कांग्रेसका लागि काम गर्न धेरै अवसर रहेको उल्लेख गर्दै जनताको निरासा हटाउने गरी काम गर्न जरुरी भएको बताए । विधानमा उल्लेखित विषयको पालना गर्दै विधि र पद्धतिअनुसार पार्टी सङ्गठनलाई अघि बढाउने कुरामा सबै लाग्नुपर्ने उनको भनाइ थियो ।

पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले धेरै सङ्कट पार गरेर आएकाले विद्यमान समस्याको सहजै समाधान गर्नसक्ने जिकिर गरे । हरेक समय चुनावको चिन्ता गर्ने नभई देशको चिन्ता गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गुटका कारण कांग्रेस कमजोर बन्न नहुने भन्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानका लागि सबैको सकारात्मक सोच र क्रियाशीलता आवश्यक हुने बताए ।

पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस सहमहामन्त्री जीवन परियार, पूर्वमहामन्त्री शशाङ्क कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ८ : ०४ बजे

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन्, कुनैलाई पनि मर्न दिनुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा

जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार’

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण