१८ श्रावण २०८३, सोमबार | August 3, 2026

जेनजी आन्दोलनपछिको पहिलो सार्वजनिक रूपमा देखिँदै कांग्रेस सभापति देउवा



काठमाडौं । जेनजी युवाको प्रदर्शनका क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि आज सार्वजनिक हुँदैछन् । उनी आज दिउँसो बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुँदै सार्वजनिक रूपमा देखिन लागेका हुन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई पनि सहभागी हुन आह्वान गरिएको छ ।

जेनजी युवा आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा देउवा दम्पत्तिमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो । सो घटनापछि लामो समय अस्पतालमा उपचार गराई देउवा हालसम्म सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् । उपचारपश्चात् आफन्तको निवासमा विश्राम गर्दै आएका देउवा आज पहिलो पटक सार्वजनिक रूपमा उपस्थित हुन लागेका हुन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ७ : ३१ बजे

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक