२२ बैशाख २०८१, शनिबार | May 4, 2024

क्रिसमसको पूर्वसन्ध्यामा भालुवाङमा धार्मिक सदभाव भेला



दाङ । लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा अन्तर धार्मिक सद्भाव भेला सम्पन्न भएको छ । अन्तर धार्मिक सद्भाव महासँघ नेपालको आयोजनामा भएको भेलामा उपस्थित सबै धार्मिक समुदायका नेताहरुले धार्मिक स्वतन्त्रता, समानता, सद्भाव र शान्ति विषयमा महत्वपूर्ण छलफल चलाएको छन् ।

आगामी क्रिसमस् डेको पूर्व सन्ध्यामा सद्भाव र शान्तिको लागि नेपाल ख्रिष्टियन समाजको संयोजनमा कार्यक्रम आयोजना गरिएको हो ।

भेलामा बोल्दै लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले नेपाल सबै धार्मिक समुदायको साझा भूमि भएको बताए । उनले नेपालका धार्मिक समुदायहरु सार्वभौम रहेको उल्लेख गर्दै सबै धार्मिक समुदायलाई आस्था राख्न छुट रहेको उल्लेख गरे । ‘हजुरहरु ढुक्क भएर शान्ति र सद्भावलाई केन्द्रमा राखेर आफ्नो आस्था प्रकट गर्नुस् सरकारको शुभकामना छ ।’ उनले भने ।

सो अवसरमा मन्त्री मास्कीलाई नेपाल ख्रिष्टियन समाजको तर्फबाट ज्ञापन पत्र बुझाइएको थियो ।

अन्तरधार्मिक महासङ्घका प्रमुख सल्लाहकार नेत्रप्रसाद पन्थीले धर्म निरपेक्ष भनेको परम्परादेखि चलिआएका सबै सनातन धर्ममा आस्था राख्न र मान्न पाउने स्वतन्त्रता भएको बताए । उनले नेपालको संविधानले धार्मिक स्वतन्त्रता प्रदान गरेको उल्लेख गर्दै सबै धार्मिक समुदायहरु बीच सद्भाव कायम राख्न अन्तर धार्मिक सद्भाव महासङ्घ नेपाललाई शुभकामना दिए ।

त्यसै गरी अन्तरधार्मिक सद्भाव महासङ्घका केन्द्रीय अध्यक्ष नजिर मियाले क्रिशमस डेको शुभकामना व्यक्त गर्दै सबै धार्मिक समुदायले आआफ्नो धार्मिक आस्था राख्न पूर्ण छुट रहेको बताए । उनले कुनै पनि धर्मले समाजमा जबर्जस्ती धर्म परिवर्तन गर्न गराउन नपाइने भन्दै अन्तरधार्मिक सद्भावलाई मजबुत बनाएर राष्ट्रिय एकतालाई बलियो बनाउन आह्वान गरे ।

कार्यक्रममा प्रदेश सभासद तिलकुमारी बुढाले सबै धार्मिक समुदायलाई मूलधारमा हिंडाउन अन्तर धार्मिक सद्भाव महासङ्घ गठन भएकोमा खुसी व्यक्त गरिन् ।

कार्यक्रममा हिन्दु धर्मका नेता शोभाकर पौडेल, बुद्धधर्मका नेता यमबहादुर थापा, मुस्लिम धर्मका नेता मौलाना अब्बास, ख्रिष्टियन समाजका नेता हेमदाशले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ९ : २१ बजे

मुम्बईमाथि कोलकोता २४ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका