१९ असार २०८३, शुक्रबार | July 4, 2026

थकाली संस्कार संरक्षण गर्न प्रशिक्षण



बेनी । थकाली सेवा समिति नेपाल र थकाली अनुसन्धान केन्द्रको आयोजनामा गत मङ्सिर १६ गतेदेखि बेनीमा सुरु भएको ‘खिमीच्हुव’ र ‘क्होई’ प्रशिक्षण मङ्गलबार सम्पन्न भएको छ । संस्कार र संस्कृति लोप हुन नदिन र बचाउनका लागि प्रशिक्षण आयोजना गरिएको उपाध्यक्ष योगेन्द्रमान भट्टचनले बताए ।

“थकालीको विवाहका क्रममा माइतीको सम्मानमा खिमीच्हुव र फागु पूर्णिमामा क्होई अनिवार्य गाउनुपर्छ,” उनले भने, “गीत गाउन जानेकाहरु मरेर जाने र नयाँ पुस्तामा ज्ञान, सीप नहुँदा संस्कार नै लोप हुन थालेको छ । थकालीको बसोबास भएको ठाउँमा तालिममार्फत संस्कारको पुस्तान्तरण र संरक्षण गर्ने प्रयासमा छौँ ।”

भट्टचनले बेनी, दरवाङ र दाना क्षेत्रका १८ जनालाई गीतको शब्द, भाका र लयको विषयमा प्रशिक्षण दिएका थिए । खिमीच्हुवमा गाइने गीतको एउटा टुक्का ‘ल्ह्लाङ स्ह्युवे स्ह्याङ, तेलाङ स्ह्युवे स्हयाङ’ को अर्थ देवताको मुलुकमा बस्नु हुने सुखी जीवनमा बस्नुहुने माइती भन्ने हुन्छ ।

मगनी भएपछि माइतीको घरमा जाँदा केटा पक्षले माइतीको सम्मान हुने शब्दहरु समेटिएको खिमीच्हुव गाउने चलन छ । तोरन्ल चाडमा गाउने क्होईको एउटा टुक्का ‘च्ह्योङजी तोरन्ल स्हेम्ब, च्ह्योङजी तोरन्ल’को अर्थ आइपुग्नुभयो तोरन्ल चाड, आइपुग्नुभयो तोरन्ह चाड भन्ने हुन्छ ।

नेपालमा पछिल्लो जनगणनाअनुसार कूल १३ हजार जनाको हाराहारीमा जनसङ्ख्या रहेको थकालीलाई सरकारले अल्पसङ्ख्यक जातिमा सूचीकृत गरेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका ओमप्रकाश शेरचनले शब्द अप्ठ्यारो भए पनि ‘खिमीच्हुव र क्होई’ गाउन सक्ने भएको बताए ।

“संस्कार र संस्कृति जोगाएर लोप हुन दिँदैनौँ,” उनले भने, “मुस्किल भए पनि हाम्रो मौलिक सम्पत्तिलाई बचाएर राख्ने र भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने दायित्वबोध भएको छ ।” नरेश कुमार तुलाचनले ‘खिमीच्हुव’ र ‘क्होई’ का शब्द सङ्कलन गरेर थकाली र नेपाली भाषामा लिपिबद्ध गरेमा छन् ।

थकाली सेवा समिति नेपालका पूर्वअध्यक्ष कृष्णकुमारी शेरचनले समितिले संस्कार र संस्कृति संरक्षणका लागि रु ३० लाखको अक्षयकोष स्थापना गरेको जानकारी दिए । सोही कोषको ब्याजबाट यसअघि सल्यान, बुटवल र काठमाडौँमा भाषा तथा संस्कारसम्बन्धी तालिम आयोजना गरिएको थियो । थकाली नेपालका अल्पसङ्ख्यक समुदाय हुन् । थकालीको उद्गम थलो मुस्ताङको थासाङ गाउँपालिका हो ।

थकाली समुदायको जन्मदेखि मृत्युसम्मका मौलिक संस्कार, चालचलन र रहनसहन रहेको छ । थकालीको भाषा पनि छ । पुराना पुस्ताका मानिसको मृत्यु हुँदै गएको र नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा थकाली समुदायका संस्कार र संस्कृति लोप हुने जोखिममा छ ।

लोप हुन लागेको थकाली समुदायको संस्कारमध्ये विवाह र तोरन्ल (फागु पूर्णिमा) पर्वमा गाउने ‘खिमीच्हुव’ र ‘क्होई’ गीत हो । खिमीच्हुव थकाली समुदायको विवाह र क्होई तोरन्ल (फागु पूर्णीमा) पर्वमा अनिवार्य रुपमा गाउनुपर्ने थकाली अनुसन्धान केन्द्रका उपाध्यक्ष भट्टचनले बताए ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ९ : ४१ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०