५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

नेपालगन्जमा सडकमा फोहर फाले १५ हजार जरिवाना



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा सडकमा फोहर फाले नगरबासीले १५ हजार जरिवाना तिर्नुपर्ने भएको छ । नगरमा जथाभावी फोहर फाल्ने प्रबृत्ति देखिएपछि उपमहानगरले फोहोरमैला व्यवस्थापनका लागि ‘सचेतना सहित जरिवाना अभियान थालेको हो ।

उपमहानगरले पहिलो चरणमा नगरबासीलाई आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्न प्रेरित गर्न सचेत बनाउने र त्यससँगै सडकमा फोहर पाल्नेलाई आर्थिक कारवाही गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । सुरुमा चारबाहिनी चोकदेखि न्यूरोड कल्पत्रु होटेलसम्म सचेतना अभियान सुरु गरिएको उपमहानगरले जनाएको छ । नगरबासीहरुले सचेतनाका लागि पर्चा पम्प्लेट वितरण र माइकिंग गर्दै फोहोर जथाभावी नफाल्न सचेत आह्वान गर्दै घरधनी, पसल व्यवसायी लगायतलाई अबदेखि सडकमा फोहोर नफाल्न सूचित गरिएको छ । सडकमा जथाभावी फोहोर फालेमा अबदेखि नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम ५ हजारदेखि १५ हजार रुपैयाँ जरिवाना असुल गर्ने निर्णय गरिएको नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले बताए ।

उपमहानगरका आह्वानमा प्रमुख जिल्ला अधिकारीसहित वडा अध्यक्षहरु, होटल व्यवसायी, सरसफाई अभियन्ता, नगर प्रहरीसहित आज (बुधबार) देखि घरदैलोमा पुगेर उपमहानगरको सूचना प्रवाह गरेको छ । नगरबासीलाई पटक पटक फोहर नफाल्न उपमहानगरले आह्वान गर्दै आएको उल्लेख गर्दै नगर प्रमुख विष्टले अहिले अन्तिम पटक आग्रह गर्दै घरदैलो गरिएको बताए । उनले अव उप्रान्त सडकमा फोहर भेटिए ऐन अनुसार ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुने बताए । उनले उपमहानगरको सूचनाको उल्लंघन गरेर अटेर गरे पसल व्यवसाय समेत बन्द गरिदिने उनले चेतावनी दिए । पटक पटकको प्रयासपछि केही सुधार भए पनि अपेक्षित परिणाम नदेखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले ‘सचेतना प्रबद्र्धन र जरिवाना अभियान’ थालेको जनाएको छ । नगरबासी आफैं सचेत र जागरुक हुनुपर्नेमा पटक पटक भनिरहँदा पनि जथाभावी फोहोर फाल्ने क्रम नरोकिएपछि सचेतनासंगै कारबाहीको नीति अख्तियार गर्नुपरेको उनको भनाई छ ।

नेपालगन्जका ब्यवसायीहरुले भने आफुहरुले उपमहानगरको सरसफाईमा सघाएपनि स्थानीय घरधनीहरुले आफ्नो पसल अगाडी फोहर फाल्ने गरेको आरोप लगाए । उपमहानगरको गाडी गइसकेपछि घरधनीले सडकमा फोहर फालेर ब्यवसायीलाई दोष लगाउने गरिएको नाम नलेख्ने सर्तमा नेपालगन्ज घरबारीटोलका एक ब्यवसायीले बताए ।

घरदैलोमा हिँडेका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नगरलाई सफा राख्ने दायित्व हरेक नागरिकको भएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाको फोहरमैला व्यवस्थापन अभियानमा सबै इमान्दार बन्नुपर्ने बताए । यो अभियानमा स्थानीय प्रशासनको दरिलो साथ रहेको पोखरेलको भनाई छ ।

पहिलो चरणमा स्याम्पलिंगको रुपमा चारबाहिनीदेखि कल्पत्रुलाई रोजिए पनि नगरभरि नै अभियान सञ्चालन गरिने उपमहानगरका वातावरण शाखा प्रमुख वातावरण इन्जिनियर प्रकाश डिसीले बताए ।

घरदैलो अभियानमा वडा नम्बर ८ का वडा अध्यक्ष रजनिश बाजपेयी (विवेक), वडा नम्बर ९ का वडा अध्यक्ष गोविन्द रेग्मी, वडा नम्बर १० का वडा अध्यक्ष श्रवणकुमार श्रेष्ठ, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटी लगायत सहभागी रहेको थियो ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ११ : ०० बजे

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौँ । नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री

देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै दायर रिटमा भएन अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै

धितोपत्र बोर्ड अध्यक्षका लागि ४ जना सर्टलिस्ट, शुक्रबार छलफलपछि सिफारिस हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्षका लागि

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनसँगै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार

दुर्गा प्रसाईंविरुद्ध तीन दिनको म्याद थप

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका