१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बुटवल-चन्द्रौटा सडक स्तरोन्तीको लागि बोलपत्र प्रकाशन



बुटवल । तत्कालीन राजा महेन्द्रको पालामा २०१८ सालमा निर्माणको शुभारम्भ भएको पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–चन्द्रौटा सडक, निर्माण भएको ६२ वर्षपछि स्तरोन्नति हुन लागेको छ ।

बुटवल पश्चिमको राजमार्ग स्तरोउन्नतिका लागि बोलपत्र आह्वान भएसँगै सो सडकको स्तरउन्नती हुने निश्चित भएको हो । सडक स्तारेन्नतिका लागि बुटवल–गोरुसिङ्गे ५० किलोमिटर र गोरुसिङ्गे–चन्द्रौटा १९ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर बोलपत्र आह्वान भएको छ ।

६९ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि विश्व बैंकले २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौता भएको छ । बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक परियोजनाका प्रमुख इन्जिनीयर होमबहादुर एसीले बोलपत्रसँगै सडक स्तरोन्नतिका लागि साइट खुला गर्न रुख कटान, विद्युतको पोल सार्न सम्बन्धित कार्यालयहरूसँग समन्वय लगायतका काम भैरहेको बताए । एसीका अनुसार हाल दुई लेनमा रहेको सडक स्तरोन्नति गरेर ४ लेनको बनाइने छ ।

विद्युत् कार्यालयले पोल सार्न झन्डै ४४ करोड लागत अनुमान पठाएको जानकारी दिँदै उनले तर त्यस विषयमा अझै टुङ्गोमा नपुगेको बताए । यस्तै वनसँग रुख नम्बरिङ्गका लागि आग्रह गरिएको छ । अन्तिममा वन विभागको अनुमति प्राप्त गरेपछि रुख कटानको काम सुरु हुने बताइएको छ ।

सडक विस्तारले बढ्दो सवारीसाधनको चापलाई कम गर्ने र ठुला सवारी चलाउनका लागि पनि सहज हुने अपेक्षा गरिएको सडक कार्यालय बुटवलका प्रमुख इन्जिनियर भीम लामाले बताए । डेडिकेटेड चारलेन सडकका विभिन्न ठाउँमा आठ लेन, ६ लेन, अण्डरपास र ओभरपास समेत निर्माण हुने गरि परियोजना तयार भएको लामाले बताए ।

 

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  २ : ०० बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्