२२ भदौ २०८३, सोमबार | September 8, 2026

बुटवल-चन्द्रौटा सडक स्तरोन्तीको लागि बोलपत्र प्रकाशन



बुटवल । तत्कालीन राजा महेन्द्रको पालामा २०१८ सालमा निर्माणको शुभारम्भ भएको पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–चन्द्रौटा सडक, निर्माण भएको ६२ वर्षपछि स्तरोन्नति हुन लागेको छ ।

बुटवल पश्चिमको राजमार्ग स्तरोउन्नतिका लागि बोलपत्र आह्वान भएसँगै सो सडकको स्तरउन्नती हुने निश्चित भएको हो । सडक स्तारेन्नतिका लागि बुटवल–गोरुसिङ्गे ५० किलोमिटर र गोरुसिङ्गे–चन्द्रौटा १९ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर बोलपत्र आह्वान भएको छ ।

६९ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि विश्व बैंकले २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौता भएको छ । बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक परियोजनाका प्रमुख इन्जिनीयर होमबहादुर एसीले बोलपत्रसँगै सडक स्तरोन्नतिका लागि साइट खुला गर्न रुख कटान, विद्युतको पोल सार्न सम्बन्धित कार्यालयहरूसँग समन्वय लगायतका काम भैरहेको बताए । एसीका अनुसार हाल दुई लेनमा रहेको सडक स्तरोन्नति गरेर ४ लेनको बनाइने छ ।

विद्युत् कार्यालयले पोल सार्न झन्डै ४४ करोड लागत अनुमान पठाएको जानकारी दिँदै उनले तर त्यस विषयमा अझै टुङ्गोमा नपुगेको बताए । यस्तै वनसँग रुख नम्बरिङ्गका लागि आग्रह गरिएको छ । अन्तिममा वन विभागको अनुमति प्राप्त गरेपछि रुख कटानको काम सुरु हुने बताइएको छ ।

सडक विस्तारले बढ्दो सवारीसाधनको चापलाई कम गर्ने र ठुला सवारी चलाउनका लागि पनि सहज हुने अपेक्षा गरिएको सडक कार्यालय बुटवलका प्रमुख इन्जिनियर भीम लामाले बताए । डेडिकेटेड चारलेन सडकका विभिन्न ठाउँमा आठ लेन, ६ लेन, अण्डरपास र ओभरपास समेत निर्माण हुने गरि परियोजना तयार भएको लामाले बताए ।

 

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  २ : ०० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार