२२ भदौ २०८३, सोमबार | September 8, 2026

प्राइभेट कम्पनीले लगायो नेपालगन्जमा हाटबजार शैलीको मेला, पहिलो दिनमै बालबालिकाको गैरकानुनी प्रयोग



नेपालगन्ज। एउटा प्राइभेट कम्पनीले नेपालगन्जमा महोत्सव भन्दै लाएको मेलामा स्कुले बिद्यार्थीहरुको दुरुपयोग गरिएको छ । प्राइभेट कम्पनीले आयोजना गरेर छैठौं नेपालगञ्ज महोत्सव नाम दिइएको मेलामा विद्यालयका विद्यार्थीहरुलाई गैरकानुनीरुपमा सडकमा उतारिएको हो ।

ब्यवसायीक संघ संस्थाहरु पछिल्लो समय महोत्सवका नाममा धेरै जन सहभागीता देखाउन स्कुले बिद्यार्थीहरूको प्रयोग गर्ने परम्परालाई निरन्तरता दिँदै प्राइभेट कम्पनीले पनि विद्यार्थीहरुलाई नै सडकमा हिंडाएको हो ।

बिहिवारदेखि नेपालगन्जमा शुरु भएको छैठौं नेपालगञ्ज महोत्सवमा स्कुलको पढाई बन्द गरेर स्कुले बिद्यार्थीको प्रयोग गरिएको छ । अभिभावकहरुलाई समेत जानकारी नदिएर विद्यालयहरुले ब्यापारिक कम्पनीको आग्रहमा बिद्यार्थीहरुलाई घण्टौं चिसो सडकमा हिँडाएर मेला स्थल पुर्याएको हो ।

बिद्यार्थीलाई मेलामा लगिएको विषयमा युवा अधिकारकर्मी शाहिल अन्सारीले विरोध जनाएका छन् । उनले बिद्यार्थीको शैक्षिक गतिविधि अवरोध गरि मेला महोत्सवमा प्रयोग गर्नु कुनै तबरले जायज नभएको बताएका छन् । बालकालिकालाई प्रयोग गर्नुलाई नेपालको सबिधान २०७२ को धारा ३९ र प्रचालित बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ६६ बमोजिम गैरकानुनी ठहर गरेको उनले बताए ।

कानुनले बालबालिकालाई फरक उद्देश्यमा प्रयोग नगर्न र त्यस्ता गतिबिधिबाट बालबालिकालाई टाढा राख्न भनिए पनि नेपालगन्जमा ए.जी. सर्भिस प्रा.लि. नामको कम्पनीले बालबालिका प्रयोग गरि कानुनको धज्जि उडाइएको छ।

बजारको ब्यापार ब्यवसायलाई सुनसान बनाउने गरि लगाइउको मेलाको स्वीकृतिलाई नै ब्यवसायीहरुले शंकास्पद मानेका छन् । पहँचका आधारमा प्राइभेट कम्पनीहरुलाई मेला गर्न दिएर सरकारी अधिकारीहरुले बजारको ब्यवसायीक अवस्थामाथि खेडवाल गरेको नाम नछाप्ने शर्तमा नेपालगन्जका एक ब्यवसायीले आरोप लगाए ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ६ : ५७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार