४ पुस २०८२, शुक्रबार | December 19, 2025

राप्रपा नेपालले गर्‍यो संस्कृति मन्त्री किराँतीको पुत्ला दहन



काठमाडौं । राप्रपा नेपाल आबद्ध जनवर्गीय संगठनहरुले बिहीबार साँझ काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीको पुत्ला दहन गरेका छन् । ९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था र विश्वास माथि मन्त्री किरातीले प्रहार र अपमान गरेको भन्दै उनिहरुले पुत्ला दहन गरेका हुन् ।

मन्त्री किराँतीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरुले मन्त्री किराँतीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । राजीनामा नदिएमा प्रधानमन्त्रीले तुरुन्तै बर्खास्त गर्नुपर्ने उनीहरुको भनाइ छ । संस्कृति मन्त्री किराँतीले क्रिश्चियन धर्म नमान्नेहरु देशद्रोही र संविधान विरोधी भएको त्यस्तालाई जेलमा कोच्नु पर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

पार्टीका जनवर्गीय संगठनहरुले आज सांकेतिक रुपमा विरोध प्रदर्शन गरेका छन् । मन्त्री किराँतीले तत्काल राजीनामा नदिए यो विषय डरलाग्दो र विकराल हुनसक्ने चेतावनी दिँदै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राजीनामा नदिए आन्दोलनले चर्को रुप लिने बताए । काठमाडौंको चावहिलमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले मन्त्री किराँतीको विरोधमा चर्का नाराबाजी गरेका थिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि पर्यटनमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । ‘क्रिश्चियनलाई नमान्ने देशद्रोही हुन्’ मन्त्री किराँतीले एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्म लगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरी दिएको अभिव्यक्ति गैर संवैधानिक, सामाजिक सदभाव बिथोल्ने, असहिष्णु र विभाजनकारी रहेको बताएको छ ।

बिहीबार साँझ पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै मन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त नहुने भन्दै तत्काल मन्त्री किराँतीलाई बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मागसमेत गरिएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ७ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको