६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

नेपाल वायु सेवा निगममा नयाँ जहाज थप्न नदिन षड्यन्त्र भइरहेको छ : मन्त्री किराँती



बुटवल । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगममा नयाँ जहाज थप्न नदिन षड्यन्त्र भइरहेको बताएका छन् । नेपाल वायु सेवा निगमको विमान मलेसियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेपछि मंगलबार बिहान विमानस्थलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री किराँतीले नयाँ जहाज थप्न नदिने षड्यन्त्र भइरहेको बताएका हुन् ।

उनले निगमले नयाँ जहाज नकिन्ने भए मन्त्रालय खारेज गरिदिए पनि हुने बताएका मन्त्री किराँतीले जहाज थप्न नदिने षड्यन्त्र कसले गरेको हो भन्नेचाहिँ खुलाएनन् ।

थुप्रै षड्यन्त्रहरु भइरहेपनि ऐनअनुसार कुनै दाग नलाग्ने गरी पारदर्शी ढंगले खरिद प्रक्रिया नरोकिने उनले बताए । निजी कम्पनीको भाडादर ज्यादै महँगो भएकाले निगमले जहाज थपेर सस्तो दरमा सेवा दिनुपर्ने बताउँदै मन्त्री किराँतीले साना–ठूला गरी कम्तीमा ५० वटा जहाज निगमको हुनुपर्ने बताए ।

हवाई रुटको अनुमति लिन सरकारले भारतसँग लगातार संवाद गरिरहेको बताउँदै उनले छिट्टै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने दाबी गरे । बौद्ध धर्मावलम्बीको बाहुल्य भएका थाइल्यान्ड, कम्बोडिया, श्रीलंकामा सिधा हवाई उडानका लागि पनि पहल भइरहेको मन्त्री किराँतीले बताए ।

भएका विमानहरुलाई घाममा सुकाएर राख्ने छुट कसैलाई नभएको बताउँदै मन्त्री किराँतीले विमानस्थल नियमित र पूर्ण क्षमतामा सन्चालनका लागि प्रचार र बजारीकरण १० गुणाले बढाउन कर्मचारीलाई निर्देशन दिए ।

त्यसअघि नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा गरेको पहिलो उडानलाई भैरहवामा मन्त्री किराँतीले स्वागत गरेका थिए । विमानस्थल संचालनमा आएको एक वर्षपछि आजबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तरष्ट्रिय नियमित उडान सुरु गरेको हो ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  १२ : ४८ बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए