२८ माघ २०८२, बुधबार | February 11, 2026

राष्ट्रपति पौडेललाई ९ लाख ९५ हजार थप उपचार खर्च प्रदान



काठमाडौं। नेपाल सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारको लागि थप रकम निकासा दिएको छ । संघीय सरकारको मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रपति पौडेलको थप स्वास्थ्य उपचार खर्च बापत थप ९ लाख ९५ हजार ९३५ रुपैयाँ निकासा दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उपचारको खर्चबापत राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७४ बमोजिम अर्थ मन्त्रालयले आर्थिक सहायता बापतको रकम निकासा गराएको हो ।

अर्थ मन्त्रालयले इजरायलमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँको दरले आर्थिक राहत सहायता उपलब्ध गराउन पनि रकम निकासा गरेको छ । इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा पारी १० नेपाली विद्यार्थीहरूको ज्यान गएको थियो ।

नेपाल सरकारको गत असोज २२ गते बसेकोे मन्त्रिपरिषद् बैठकले आक्रमणबाट मृत्यु भएका बिद्यार्थीको परिवार राहत उपलब्ध गराउने निर्णय गरेको थियो । सोही अनुसार जिल्ला प्रशासन कार्यालयहरूलाई मन्त्रालयले रकम निकासा गरेको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ९ : ५९ बजे

सल्यानमा पिकअप जिप भीरबाट खस्दा चालकको मृत्यु, आमा-छोरीसहित तीन घाइते

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक पिकअप जिप दुर्घटना

बागलुङ-१ मा कांग्रेस, एमाले र राजमोबीच कडा प्रतिस्पर्धा हुने

गलकोट । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर

भारतमा कडा आईटी नियम : तीन घण्टाभित्रै गैरकानुनी कन्टेन्ट हटाउनुपर्ने

काठमाडौं । भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई लक्षित गर्दै कडा

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौं । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने

प्रधानमन्त्री कार्कीले राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी